October 24, 2021

पाल्पाको झल्को मेटीने भयो पोखरामा

माघ ५ पोखरा

पाल्पाली समाज पोखराले स्थापनाको रजतजयन्ती अवसरमा पोखरा सभागृहमा ऐतिहासिक रुपमा  कार्यक्रम गर्दैछ । शनिबार पोखरामा पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५ हुदैछ  । कार्यक्रमको लागि पोखरा सभागृहको मूलद्वारलाई पाल्पा दरबारको झल्को दिने गरी सजाइएको छ ।

पोखरा सभागृह हल परिसरमा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरिनेछ । पाल्पाको पहिचान दिने पाल्पाली करुवा, ढाकाको स्टल राखिनेछ भने चुकाउनी, हाँसको छोयला, बटुक लगायत खानाका परिकार पस्किने तयारी छ ।

सर्वसाधारण हल परिसरमा निःशुल्क प्रवेश गरी विभिन्न सामान खरिद गर्नुका साथै पाल्पाली स्वाद चाख्न सक्ने व्यवस्था र हलभित्र पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम हुनेछ । हललाई पाल्पाली मूलढोका र रानीमहलको झल्को दिने गरी सजाइएको छ । कार्यक्रममा पाल्पाली चर्चित कलाकारको विभिन्न प्रस्तुति तथा पाल्पा जिल्लाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी), बालन नृत्य प्रदर्शन गरिनेछ ।

बिहान साढे ११ बजे सुरु हुने कार्यक्रममा सांगीतिक कार्यक्रम अवलोकनका लागि भने टिकट काट्नुपर्नेछ । कार्यक्रमको शीर्ष प्रायोजन सिटिजन फर्निचर ट्रेड लिंक प्रालिले गरेको छ । सहप्रायोजन एलजी डिजिटल साउण्ड एण्ड भिजन हो भने बैंकिङ पार्टर सिद्धार्थ बैंक, मिडिया पार्टर आदर्श समाज, समाधान दैनिक, फेवा टिभी र पोखरा एमएम हुन् । होटल पार्टर होटल टुलिप पोखरा र प्रिन्टिङ पार्टनर रोजिना प्रिन्टिङ प्रेस रहेका छन् । २०५१ सालमै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको पाल्पाली समाज यस क्षेत्रकै सबैभन्दा पुरानो समाज रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*