December 4, 2021

टान पश्चिमान्चल च्याप्टर पोखराको जम्बो टोली मलेसिया र इण्डोनेसिया तर्फ

माघ ४ पोखरा

ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल टान पश्चिमान्चल च्याप्टर पोखराको जम्बो टोली अन्नपूर्ण पदमार्गको प्रबर्द्धन गर्ने उद्देश्यले मलेसिया र इण्डोनेसियाका विभिन्न महत्वपुर्ण शहरहरुमा १० दिने प्रवद्र्धनात्मक भ्रमण तिर लागेको छ ।

भ्रमणमा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेल लगायत विभिन्न ट्रेकिङ व्यावसायीहरु र पर्यटन बोर्डका प्रतिनिधी ज्यूहरु सहीत २२ जनाको जम्बो टोली त्यस तर्फ लागेको हो । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलका अनुसार भ्रमण टोलीले मलेसिया र इण्डोनेसियाको बहुचर्चित शहर बालीमा पुगी यहाँको पदयात्रा तथा पर्यटनका गतिविधि एवं प्राकृतिक सुन्दरताका बारेमा त्यहाँका पर्यटन संघ सस्थाहरु सँग एक अन्तरक्रिया कार्यक्रम गर्ने बताए ।

टान को आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय बजार इण्डोनेसियाको बहुचर्चित शहर बालीमा पदयात्रा क्षेत्रको प्रवद्र्धन को बारेमा ठुलो सम्मेलन हुन लागेको हो यसले गर्दा भ्रमण बर्ष २०२० मा मलेसिया तथा इण्डोनेसियाका पर्यटकको सख्या नेपालमा धेरै वढ्ने अनुमान गरीन्छ।

टान पश्चिमान्चलले नयाँ पदयात्रा क्षेत्र खोज्ने, ब्यबसायीलाई तालिम पर्दान गर्ने, राज्य सँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व बहन गर्ने, नयाँ जनशक्ति उत्पादन गर्दै रोजगार सहितको पदयात्राको कार्यक्रमलाइ अगाडी बढाउने जस्ता कार्यक्रम आयोजना गरीरहेको र सन् २०२० मा २५ लाख पर्यटक भित्र्याउने पदयात्रा पर्यटनलाई संरक्षण र सम्बर्द्धन गर्दै रोजगारसहितको पदयात्राको नारालाई अगाडी बढाइ आफुहरु तयारी अवस्थामा रहेको देखिन्छ ।

भ्रमण टोलीलाई बिदाइ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले यस भ्रमणले गण्डकी प्रदेशसहित समग्र देशको पदयात्रा पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै माला लगाएर विदाइ गरेको थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*