
पौष २२ पोखरा
पोखरामा युवतीलाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारत घर भई पोखराको सिर्जनाचोकमा बस्ने २५ बर्षिय जाफुरलाल हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ ।
पोखराको सांग्रिलामार्गमा निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा हुसेनलाई पक्राउ गरिएको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । हुसेनलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Leave a Reply