May 12, 2021

ठुलो मात्रामा लागू औषध सहित एक पक्राउ

पौष २ पोखरा:

तनहू  कोत्रे घर भई पोखरा -४ गणेशटोल बस्ने ३० बर्षिय अनिल क्षेत्रि  ३ सय २४ थान लागूऔषध सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक सन्तोष सुबेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले क्षेत्रिलाई लागूऔषध आफ्नै कोठाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिए ।  अनिलको कोठाबाट १ सय ८ थान फेनारागन, १ सय ८ थान बुर्फिनर्फिन र १ सय ८ थान डाईजापाम गरी ३ सय २४ थान लागूऔषध बरामद गरेको उनले बताए ।

पक्राउ परेका अनिलको बिषयमा कास्की जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*