May 12, 2021

पर्यटन पत्रकार महासंघले पाँचौ स्थापना दिवस भव्यताका साथ मनाउने

 मंसिर २२

पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार महासंघ(नेफ्टोज)ले पाँचौ स्थापना दिवस मनाउने भएको छ । पर्यटन पत्रकार महासंघको काठमाडौँमा उपलब्ध पदाधिकारीको शनिबार बैठकले स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

सन २०१४ डिसेम्बरमा स्थापना भएको महासंघले डिसेम्बर ३१ अर्थात पुस १६ गते स्थापना दिवस मनाउँदै आएको छ । महासंघले स्थापना दिवस यही पुस १५ र १६ गते विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागेको हो ।

यस वर्ष काठमाडौँमा केन्द्रीय समितिको आयोजनामा र राजधानी बाहिर प्रदेश जिल्ला शाखाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

बैठकले पर्यटन पत्रकारिता पुस्कारको स्थापना, क्रियाशिल जिल्ला शाखालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ । बैठकले हिलारी तेन्जीङ पर्यटन पत्रकारिता पुस्कार र पासाङल्ह्यामु महिला पर्यटन पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको केन्द्रीय कोषाध्यक्ष अस्मिता गिरीले जानकारी दिइन् । पुरस्कार राशी २० हजारको हुनेछ, विनियम बनाएर पुरस्कारलाई वितरण गरिने कोषाध्यक्ष गिरीले बताइन् ।

त्यसै गरि बैठकले स्थापना दिवसको अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसर र पाटनढोका दरबार स्क्वायरमा सरफाइको कार्यक्रमको तय गरिएको छ । स्थापना दिवसको अवसर पारेर महासंघको मुखपत्र ‘नेपाल गन्तव्य’ मासिक पर्यटन पत्रिका समेत विमोचन गरिँदैछ ।

स्थापना दिवसको उद्घाटन र मुखपत्र विमोचनको पर्यटन मन्त्री रवीन्द्र अधिकारीले काठमाडौँ गर्ने कार्यक्रम तय भएको कार्यालय सचिव साहास न्यौपानेले जानकारी दिए । देशभर संगठन रहेको पर्यटन पत्रकारमा हाल करिब १ हजार पत्रकार आवद्ध छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*