May 15, 2021

लेकसाइडका विभिन्न रेष्टुरेण्ट, डिस्को, बारमा १८ वर्ष मुनिका बालबालिका

२१ वर्षमुनिकाले मदिरा किन्न नपाउने

  मंसिर १५ पोखरा

कास्की प्रहरीले १८ वर्ष मुनिका बालबालिका मादक पदार्थ सेवानमा संलग्न रहेको भन्दै २० जनालाई पक्राउ गरेको छ । शुक्रबार राती पोखराको लेकसाइडका विभिन्न रेष्टुरेण्ट, डिस्को, बार लाएतबाट पक्राउ गरेको हो ।

१८ बर्ष भन्दा कम उमेर समुहका बालबालिकाहरु बिभिन्न बहानामा रेष्टुरेन्ट डिस्को, दोहोरी साझ, डान्स बारहरुमा प्रवेश गरी मादक पदार्थ, चुरोट हुक्का सेबन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीको सयुक्त प्रहरी टोलिले पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले बताए ।

उनले अनुगमनको क्रममा बिभिन्न रष्टुरेण्ट एवं डान्सबारहरुबाट १८ बर्ष भन्दा कम उमेर समुहका करीब २० जना बालबालिकाहरुलार्इ नियन्त्रणमा लिईएको ५ जना बालिकाहरु समेत रहेको पाईएको उनले बताए । उनीहरुलाई सम्झाइ बुझाई गरी अभिभावको जिम्मा लगाएको उनले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*