May 16, 2021

पर्यटकीय क्षेत्र लेकसाइडका भित्री सडकको फरक फरक नामाकरण

पोखरा, ४ मंसिर
पर्यटकीय क्षेत्र पोखराको लेकसाइडका भित्री सडकलाई नामाकरण गर्दै नम्बरले चिनाउन बोर्ड लगाउने काम शुरु भएको छ । पोखरा पर्यटन परिषद् र पोखरा महानगरपालिका वडा नं. ६ को सहकार्यमा उक्त कार्य शरु गरीएको हो ।

केदारेश्वर मन्दिर अगाडिको सडकलाई पहिलो भित्री मार्ग मानेर क्रमश नामाकरण गर्दै संकेत बोर्ड राखिएको छ । पहिलो मार्गको नाम फिर्के मार्ग राखिएको छ ।

मुल सडकसँग जोडिएका २० वटा भित्री मार्गको मात्र पहिचान र नम्बरले संकेत गरिएको छ । बोर्ड राख्नका लागि परिषद् र वडा कार्यालयले ५०–५० प्रतिशतको दरले लगानी गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*