May 6, 2021

जीप दुर्घटना हुँदा डिआइजी सहित पत्रकार को निधन

कात्तिक, १० काठमाडौ

 काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजी सहित तीन जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हेलम्बु राजमार्ग अन्तर्गत ढकाल थोकमा बा ३ च २८७ नम्बरको ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नगरपालिका –४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नगरपालिका –१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*