September 26, 2021

कोजाग्रत पूर्णिमा ताल बाराही दर्शन

कार्तिक ७ पोखरा

कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

यस दिन तालबाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास बाकेका कास्कीसहित छिमेकी जिल्लाका दर्शनार्थी पोखरा पुगेका हुन् । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा(कोजाग्रत पूर्णिमा)का दिन अत्याधिक दर्शनार्थी आउने भएका कारण आज लाग्ने मेलालाई कोजाग्रत पूर्णिमा मेलाका रुपमा लिने गरिएको छ

दर्शनका लागि फेवातालमा डुँगा चढेर मन्दिर जानेको बिहानैदेखि घुईचो थियो । घुँइचो बढेपछि डुंगा ब्यवसायीले थप डुंगाको ब्यवस्था गरेका थिए ।  प्राचीनकालदेखि नै कोजाग्रत पूर्णिमाका दिन अत्याधिक दर्शनार्थी आउने गरेका कारण बिहान सबेरैदेखि बेलुकासम्म डुङ्गा व्यवसायीलाई भ्याइनभ्याइ हुने गरेको छ । आजमात्रै ३० हजार  दर्शनार्थीले मन्दिरको दर्शन गर्ने छन् ।

 फेवातालको बीच भागमा मन्दिर रहेको र तालमा माछापुच्छेको छाया देखिने भएका कारण मन्दिर धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा आकर्षण बन्दै गएको छ । दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन घर घरमा जमरा सेलाउने प्रचलन छ । यो पालीवाट मन्दिरमा साँझ आरती समेत गर्ने प्रचलन रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*