
असोज २७ पोखरा
फेवातालमा भएको प्रतियोगिताको आठौं संस्करणमा नेपाली सेनाका तर्फबाट प्रतिष्पर्धा गरेका शिरिष गुरुङले उपाधि जितेका छन् । निर्धारित २.५ किलोमिटरको दुरी २१ मिनेट ३२ सेकेण्डमा पार गर्दै प्रतियोगिताको च्याम्पियन वनेका हुन् ।
शिरिषले यसअघि प्रतियोगिताको पाँचौं र छैठौं संस्करणमा पनि उपाधि जितेका थिए । प्रतियोगितामा वेदज्ञराज जोशीले दोश्रो र अविरल भण्डारीे ले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । विजेताहरुले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको महिलातर्फ काठमाडौंकी उपास्ती महर्जन पहिलो , समिरा शोभा थापा दोश्र्रो र श्रेबी महर्जनले तेश्रो स्थान प्राप्त गरेका छन् । पोखराका खेलाडी मध्येबाट धनमान गुरुङ प्रथम, अर्जुन नेपाली दोश्रोे र ठाकुर चौधरीले तेश्रो स्थान प्राप्त गरे । प्रतियोगीले फेवातालको बाराहीघाट पौडी सुरु गरी तालपारी पुगेर पुनः बाराहीघाट फर्किएका थिए । प्रतियोगितामा ५ विदेशी सहित ४० खेलाडीको सहभागिता रहेको थियो ।
Leave a Reply