
असोज २५ पोखरा
नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइड स्थित धार्मीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ तालवाराही मन्दिरमा दैनिक सन्ध्याकालिन आरती शुरु भएको छ ।
पोखराको फेवाताल किनारमा असोज २४ गते देखि दैनिक रुपमा सन्ध्याकालिन आरती कार्यक्रम माता तालबाराही आरती सेवा समितिले आयोजना गरेको हो ।
फेवाताल परिसर भित्र विभिन्न समयमा मृत्युवरण गरेका मानिसहरुको आत्माको वैकुण्ठ बास होस् , पितृ उद्धार आत्मशान्ति, भन्ने कामना सहित मनोकाक्षा पुराको लागि बाराहि घाटमा दिप प्रज्वलन कार्यक्रम शुरु गरीएको माता तालबाराही आरती सेवा समितिका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिए ।
शुभकार्य, जन्मोत्सव, शुभसाइतका साथै दिर्घायु र सुस्वास्थ्को कामना गर्दै नेपालको पशुपतिनाथ हुदै पोखराको बाराही घाटमा सम्म आरती शुरु गरिएको उनले बताए ।
माछापुच्छ्रे हिम श्रृंखलाको काखमा रहेको सुन्दर नगरीपोखरामा आउने अधिकांश पर्यटकलाइ पोखरा पर्यटकीय क्षेत्र मात्र नभएर धार्मिक आस्थाको केन्द्र पनि हो भन्ने सन्देश दिएर पर्यटक संख्यामा बृद्धि गर्न सक्ने यस कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेछ ।
पोखरा तालबाराही परिसरमा दैनिक सन्ध्याकालिन दिप प्रज्वलन कार्यक्रम आयोजना भए पछि आन्तारिक तथा वाह्य धार्मिक पर्यटकले सो दिप प्रज्वलन कार्यक्रममा सहभागी जनाउन पाउने छन ।
पोखरा आन्तरिक तथा वाह्य पर्यटकहरुको भ्रमण गन्तव्य मात्र नरही धार्मीक पर्यटनको पनि प्रचुर सम्भावना रहेकाले यस बाट धार्मिक तथा सांस्कृतिक स्थानहरुको प्रवद्र्धन हुने विश्वास गरिएको छ । अतिथि देव भव
Leave a Reply