September 26, 2021

यती एयरलाइन्सको चरम लापरबाही जहाज भित्रै युवतीको मृत्यु

असोज १९ कपिलवस्तु

असोज ५ गते भैरहवाबाट काठमाडौं जादै गरेको यती एयरलाइन्सको एटीआर ७२–५०० नामक ७२ सिट क्षमताको जहाजमा सवार कपिलवस्तुकी ३० वर्षीया पुष्पा रायमाझीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं जादै रायमाझीको जहाजमै मृत्यु भएको मृतक का पारिवारले बताएका छन्।

काठमाडौंका लागी भैरहवाबाट जहाज उडेको १० मिनेटमै असहज भएको अवस्थामा एसी नखोलिएको, अक्सिजन नदिइएपछि विहोस भएको र छिटो उपचार गराउन सक्ने बाटो नखोजिएका कारण मृत्यु भएको तथा विमान चढेको १० मिनेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनुपरेको मृतकका आफन्तहरुले बताएका छन् ।

यती एयरलाइन्सले लुकाउन चाहेको यो घटना मृतकका परिवारले १३ दिनपछि सार्वजनिक गरेका छन् । पुष्पाको परिवारले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने, बिमा रकम उपलब्ध गराउनुपर्ने तथा यस्ता लापरबाही भविष्यमा गर्न नहुनेसहितको माग गरेको पुष्पाका आफन्त बाबुराम रायमाझीले बताएका छन्।

पुष्पालाई त्रिभुवन विमानस्थलबाट सीधै एयरलाइसले नै काठमाडौं मेडिकल कलेज पुर्यालएको थियो। हस्पिटल लगेपछि पनि आफन्त कसैलाई भेट्न नदिइएको र भोलिपल्ट मात्रै मृत्यु भएको भन्ने बहाना बनाएको जहाज चढेको १० मिनेटमै पुष्पाले गाह्रो भयो भनेको मृतक पुष्पासँगै यात्रा गरेकी फुपू माया खड्काले बताइन्। त्यतिबेला बहिनीले गर्मी भयो, एसी खोल्नुपर्यो् भन्दै थिइन्, हामीलाई पनि उकुसमुकुस भएको थियो। एकैछिनमा अचेत भएर ढलेकी बहिनी तुरुन्तै बितिछन् उनले भनिन् ।

 

पुष्पा रायमाझीको मृत्युमा जहाजको लापरवाही छैन : यती एयरलाइन्स

उता भने यती एयरलाइन्सले उडिरहेको जहाजमा बिरामी भएकी कपिलवस्तुकी पुष्पा रायमाझीको निधनमा एयरलाइन्सको कुनै लापरबाही नरहेको प्रस्ट पारेको छ। आफ्नो जहाजमा यात्रा गर्ने क्रममा अचेत भएकी उनलाई उपचारका लागि हरसम्भव प्रयास गरेको उक्त एयरलाइन्सले जनाएको छ ।

‘उहाँको उपचारमा हामीले कुनै कमी राखेनौं, बेहोस भएलगत्तै पाइलट इन चिफमार्फत थप उपचारको व्यवस्था जहाजमै उपलब्ध गरायौं। जहाज व्यवस्थापनको त्रुटीका कारण उहाँको निधन भएको भेटिएन एयरलाइन्सका वरिष्ठ प्रवन्धक तथा प्रवक्ता भीमराज राईले बताए ।

आज भन्दा केही समय पहिला पनि फाप्लुबाट आएको यतीकै जहाजमा एक जनाको अचेत भएकै कारण मृत्यु भएको थियो । यतीकै क्याप्टेन डीबी शाहको पनि सन् २०१७ को जनावरीमा काठमाडौंबाट कतार जाँदा जहाजभित्रै मृत्यु भएको थियो। जहाजभित्र यात्रुको मृत्यु हुँदा बिमाले कुनै रकम बेहोर्र्ने व्यवस्था छैन राईले भने ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*