July 24, 2021

३९ औं विश्व पर्यटन दिवस: काहुँडाँडा दृश्यावलोकन एक गन्तव्य

असोज ११ पोखरा ३९ औं विश्व पर्यटन दिवस  टुरिजम एण्ड डिजिटल ट्रान्सफर्मेसन भन्ने नाराका साथ विश्व भर मनाइयो  । नेपालको पर्यटकीय राजधानी पोखरामा पनि आज विभिन्न पर्यटन संघ सस्थाहरुले  विभिन्न संस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाए  ।

पोखरा महानगरपालिका वडा नंं. ११ को आयोजनामा काहुँडाँडा दृश्यावलोकन एक गन्तव्य भन्ने नाराका साथ काहुँडाँडा प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाल संस्कृति र प्रकृतिका कारण विश्व पर्यटकीय गन्तव्य बन्न सक्ने काँहुडाँडाको विकासका लागि भ्यू टावर निर्माण, विशाल बुद्ध पार्क लगायतका संरचना निर्माणको पहल भइरहेको बताए ।

 गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले सडक, खानेपानीजस्ता आधारभूत आवश्यकता पूरा गर्दै पर्यटक लक्षित कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, पर्यटनविज्ञ वासु त्रिपाठी, पर्यटन यातायात समितिका अध्यक्ष बबरजङ्ग गुरुङ, वडा सदस्य मीनबहादुर गुरुङ लगायतले काँहूको ठूलो पर्यटकीय सम्भावना रहेको बताउँदै त्यसको उपयोग हुनुपर्ने आवश्यकता औँल्याए ।

पर्यटनको लाभ स्थानीयले लिन सकेमात्र त्यसको अर्थ हुने  पर्यटक सरर आएर फर्कने मात्र नभई उनीहरुलाई केही दिन रोक्न सक्ने खालका पूर्वाधार विकास हुनुपर्ने अधिकांश सहभागीको धारणा रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*