July 24, 2021

किन हुन्छन पोखरामा सधै बालिका मात्र सिकार ?

असोज ९ पोखरा

पोखरा २२ कोदीकी १० बर्षीया श्रेया सुनार साँझ बिष्कुट किन्न भनि १० रुपैया लियर घरबाट निस्केकी बालिका बिहान घर नजिकै मृत अवस्थामा भेटिएकी छन् ।

झाडीमा अर्धनग्न अस्थामा, शरीरमा चोटै चोट लागेको अबस्थामा, शरीरमा निल डाम सहित घोप्टो परेको अवस्थामा, बालिकाको शरीरको माथिल्लो भागमा कपडा तथा सुरुवाल समेत खोलेको अबस्थामा यस्ता कारणहरु के हुनसक्छन त ? वलात्कार पछि हत्या  ?

स्थानिय लिला आधारभूत माविमा कक्षा ३ मा अध्ययनरत छात्रा साँझबाट हराएपछी रात भरी आफन्तले खोज्ने क्रममा बालिका बिहान मृत अबस्थामा भेटाएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा वालीकाको पोष्टमार्टम रिपोटले बलत्कार पछि हत्या भएको देखिएको छ । पोष्टमार्टमा श्रेयाको योनी सुनिएको, योनीबाट रगत आएको, टाउकोमा चोट देखिएको जानकारी पोष्टमार्टमा संग्लन चिकित्सकहरुले बताएको श्रेयाका आफन्तले जानकारी दिए भने थप परिक्षण भईरहको र त्यसको रिपोर्ट आउन केही दिन लाग्ने अस्पतालले जनाएको छ ।

पोखराकै लामाचौर कि पुष्पा केसी र कन्चनपुरकी निर्मला पन्तको घटनासँग मिल्दोजुल्दो हुनाले थप रहस्यमय र समाजमा डरलाग्दो अपराध फैलिएको स्थानीयहरुमा झन त्रास वढेको पाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*