May 12, 2021

व्रिटिश लाउरे तथा नेपाल  पुलिसको सइ भनेर यौन शोषण

असोज ८ पोखरा

पोखराको पृथ्विचोक होटलमा बसेर आफुलाइ व्रिटिश लाउरे तथा नेपाल  पुलिसको सइ भनेर बिभिन्न लोभ देखाई  यौन शोषण गरेको भन्दै एक जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरिगंगा नगरपालिका बडा नं १३ बस्ने बर्ष ३२ का बिर्ख बहादुर थापालाई पिडित महिलाको सुचनाको आधारमा पोखरा ९ पृथ्विचोकबाट पक्राउ गरी चोरी र जवरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान भएको कास्की प्रहरीले जनाएको छ ।  नगद रु ३ लाख ५० हजार तथा ४ तोला सुनका गरगहना चोरी लगेको पिडित महीलाले प्रहरीलाइ वताएकी छन् ।

अनुसन्धान पछि खुलेका कुराहरु
१  निजले विगत १ बर्ष देखीयस्तो कार्य गर्दै आएको भनि खुलेको ।
२  हाल सम्म निजको बिरुद्धमा २ जना महिलाबाट जवरजस्ती करणि र चोरी मुद्धामा जाहेरी दरखास्त परेको ।
३ निजको फेसबुक एकाउन्ट हेर्दा करिब ५०० जना भन्दा महिलाहरु मात्र साथी रहेको र निजहरुलाइ बिटिश लाउरे हु तथा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक सई हुँ भनि ठग्दै गरेको ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*