October 23, 2021

बागमारामा राति ९ बटा घर तथा कोठा फोरी चोरी

असोज ८,पोखरा ।

पोखरा २१ बागमारामा राति ९ बटा घर तथा कोठा फोरी चोरी गर्ने मकवानपुर ईन्द्रसरोबर गाउँपालिका – ५ घर भई काठमाण्डौ – १० गर्जुधार बस्ने २६ बर्षीय बिमल दोङ्ग लामा लाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले थालेको चोरी नियन्त्रण अभियानलाई तिब्रता दिने क्रममा दोङ्ग पक्राउ पर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले बताए ।

उक्त घटनामा दोङ्ग बाहेक उदयपुर वेलटार घर भई ललितपुर बस्दै आएका ४५ बर्षीय सागर राइको समेत संग्लनता रहेको र सागर राइको खोजीकार्य जारी रहेको समेत प्रहरीले जनाएको छ ।

दोङ्गलाइ चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*