September 26, 2021

पर्यटन यातायात समितिको १८ औं वार्षिक साधारणसभा सम्पन्न

रोहीत वस्नेत

असोज ५ पोखरा : पर्यटन यातायात समिति कास्कीको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले महासचिव नवराज अधिकारी र कोषाध्यक्ष बाबुराम पाण्डेको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले साधारणसभाको उद्घाटन गर्दैे पर्यटन क्षेत्रमा आवद्ध हरीया प्लेटका सवारी साधनहरुको लागी जुन सुकै समस्यामा पनि जस्तो सुकै मुल्य चुकाउन आफु पछि नपर्ने सधै पर्यटन व्यवसायीहरुको हक हितका लागी सधै लडी रहने वताए ।

पर्यटन ब्यवसायी टिकाराम सापकोटाले गण्डकी प्रदेशको राजधानी तथा नेपालको पर्यटन राजधानी पोखरालाई समृद्ध वनाउन हरीयो नम्वर प्लेट मेरुदण्डको रुपमा भएको वताए ।

पर्यटन ब्यवसायी वासुदेव त्रिपाठीले हरीयो नम्बर प्लेट सवारीका थुप्रै समस्या छन यी समस्याहरुलाई प्रदेश सरकार सँग बसेर ब्यवस्थित बनाउन पहल गर्ने समेत प्रतिबद्धता जनाए ।

समितिका अध्यक्ष बोबरजंग गुरुङले नेपालको ऐन कानुन राम्रो नहुँदा पर्यटन व्यवसायी ठुलो मारमा परेको वताउँदै हरियो नम्बर प्लेटका पर्यटन सवारीमा बैज्ञानिक तरीकाबाट नयाँ दर रेट कायम गरीएको र आगामी २७ सेक्टेम्वरबाट पर्यटन पद्र्धदनका लागी काँहु डाडाबाट सनराइज र सनसेट साइडसिन शुरु गर्ने वताए । सरकारी निकाय र नीजि क्षेत्रको संयुक्त प्रयासबाट मात्रै पर्यटन क्षेत्र माथि उठ्नेमा उनले जोड दिदै यातायात ब्यवस्था कार्यालयले हरियो नम्बर प्लेटको सवारी दर्ताको सम्बन्धमा मापदण्डको ख्याल नगरेको भन्दै उनले चिन्ता ब्यक्त गरे ।

हाल पर्यटन यातायात समिती भित्र ११६ वटा कम्पनी आवद्ध तथा ७०० वटा हरीया नम्बर प्लेटका सवारी साधन रहेका छन् । साधारणसभाको अबसरमा समितिमा आबद्ध सवारी चालक मध्येबाट एक जना उत्कृष्ट चालक र एक जना कर्मचारीलाई सम्मान समेत गरियो । कर्मचारी को रुपमा लामाो समय एउटै कम्पनी रेम्बो एड्भान्चर मा कार्यरत नितेस ओेत्रि र एक जना उत्कृष्ट चालकलाई सम्मान गरिएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*