May 6, 2021

पोखरामा ७० बर्षिया बृद्धा बलात्कार

प्रतीकात्मक तस्विर

भाद्र २८ पोखरा :

पोखरा महानगरपालिका ३१ लेखनाथको बेगनासताल नजिकै नहरचोकमा भाडामा बस्दै आएकी ७० बर्षिया बृद्धा बलात्कार भएकी छीन् । सोही घरको अर्को कोठामा भाडामा बस्दै आएका ४५ बर्षिय रेवतीरमण पाण्डेले बृद्धालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरेपछि भागेका पाण्डेलाई तनहूँको आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको छ । बलात्कार गर्नेको श्रीमती तीज मान्न माईत गएको र बृद्धाको छोरा सामान किन्न बजार गएका बेला पारेर बुधबार दिऊसो बृद्धालाई पाण्डेले बलत्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

बृद्धालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षण गरिएको र भाग्दै गरेका पाण्डेलाई तनहूँ प्रहरीको सहयोगमा पक्राउ गरेको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*