May 12, 2021

नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालन

२६, भदौ  मुग्लिन  : गएराति  पहिरो आएर अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड  एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालका अनुसार साँझ साढे ६ बजेदेखि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

ठूलो पहिरो आएर अवरुद्ध बनेको चारकिलोमा दिनभरको प्रयासबाट पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको उनले बताए । सडकमा अत्याधिक सवारी चाप भएको कारणले सहज सञ्चालन हुन अझै केही समय लाग्ने ढकालले जानकारी दिए ।

प्रहरीले मुग्लिनबाट नारायणगढ जाने र नारायणगढबाट मुग्लिनतर्फ जाने गाडीलाई पालैपालो पास गराइरहेको छ । साना सवारीसाधन र बसलाई प्राथमिकतामा राखेर पास गराउने तयारी गरिएको डिएसपी ढकालले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*