September 26, 2021

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

भाद्र २३ पोखरा :  गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ ।  गोर्खाको मनास्लु क्षेत्रमा पर्यटक छाडेर काठमाडौं फर्किंदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनामा परेको  हो

बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने गोरखाको सामागाउँबाट उडेको हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।

उक्त हेलिकप्टर दुर्घटनामा यात्रुहरुको अवस्थाबारे विस्तृतमा जानकारी आएको छैन । हेलिकप्टर धादिङको रुबीभ्यालीको रि भन्ने क्षेत्रमा फोर्सल्याण्डिङ गर्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*