May 16, 2021

चापाकोट पर्यटन प्रवद्र्धन समिति गठन

भाद्र १२ पोखराः
पोखरा महानगरपालिका २३ अन्तर्गत पर्ने चापाकोट गाउँमा चापाकोट पर्यटन प्रवद्र्धन समिति गठन भएको छ । पोखरा महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष विष्णु प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भएको विशेष भेलाले भिम प्रसाद पराजुलीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा कविता देवकोटा सचिवमा घनश्याम पराजुली सह—सचिवमा हेमराज पौडेल कोषाध्यक्षमा चन्द्र कुमारी राना सदस्यहरुमा क्रमशः मेघनाथ पराजुली, दुर्गाबहादुर परीयार,ऋषिराम देवकोटा, मञ्जु देवकोटा, नर वहादुर विक, नर वहादुर परियार, लक्ष्मी पराजुली, ओम कुमार विक रहेका छन् ।

गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ)को विशेष उपस्थितिमा आज उक्त समितिले विश्वराज पराजुलीको अध्यक्षतामा सात सदस्यीय होमस्टे कमिटि पनि गठन गरेको छ । कार्यक्रममा भिटोफ गण्डकी प्रदेसका अध्यक्ष रविन्द्रराज पौडेलले होमस्टे संचालन सम्वन्धि कार्यविधि, न्यूनतम पूर्वाधारहरु एवंम् होमस्टेले गाउँको विकासमा पुराउन सक्ने फाइदाको बारेमा प्रकाश पार्नु भएको थियो । भिटोफ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तारानाथ पहारीले भिटोफले गरेका कार्यहरु एवंम् ग्रामिण पर्यटनको वारेमा औल्याउँदै होमस्टेका चुनौती उपलव्धी र सम्भावनाका वारेमा जानकारी गराउनु भएको थियो ।

उक्त भेलामा समाजसेवी हरी लामीछाने, लोकनाथ पराजुलीले समग्र चापाकोट गाउँमा रहेका पर्यटकीय सम्भावनाहरुलाइ अगाडी वढाउन यस समिति सधै अग्रसर रहोस भनी शुभकामना दिएका थिए । नव गठीत समितिका अध्यक्ष भिम पराजुलीले भिटोफलाइ सहकार्यका साथ प्रबद्र्धन गर्न आग्रह गर्दै पर्यटन प्रबद्र्धन गरी गाउँको विकास गर्न होमस्टे कोशेढुङ्गा सावित हुने कुरा व्यक्त गरे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*