September 23, 2021

सिधा डिलक्स बस सेवा अब पोखरा लुम्बिनी : जगदम्बाका ट्राभल्स

पोखरा भाद्र ११ : पोखरा जगदम्बा ट्राभल्सले पोखरा र लुम्बिनी सिधा बस सेवा संचालन गर्ने भएको छ । पोखरा र लुम्बिनी क्षेत्रको पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यले शुक्रबार देखि अत्याधुनिक सुविधा सम्पन्न डिलक्स बस सेवा संचालनमा ल्याउने तयारी भएको जगदम्बा ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारीले बताए ।

गुणस्तरिय यात्रुहरुको चाहानाले गर्दा पोखरा देखि नेपालका विभिन्न शहरहरुमा कम्पनि जोडिदै गएको बताए प्रमुख संरक्षक द्रोणराज अधिकारीले बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले केहि समय अघि पोखराका पर्यटन व्यवसायिहरुले पोखरा लुम्बिनीमा सिधा बस सेवा संचालनको प्रयास भए पनि असफल भएको अबस्थामा जगदम्बाले सुरु गरेकोमा खुसि व्यक्त गर्दै यातायातमा मात्र होईन, धेरै कुरामा र सरकारमा समेत सिण्डिकेट रहेको छ ।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पश्चिमाञ्चल होटल संघका महासचिव गणेश पहारी, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठी तथा बरिष्ठ पत्रकार पुण्य पौडेल लगायतले बोलेका थिए ।

१ करोड ५० लाखको लगानीमा दुई वटा बस सेवा हाल सो रुटमा संचालनमा आउने भएको हो । केही समय अघि पोखराका पर्यटन व्यवसायिहरुको पहलमा पोखरा लुम्बिनीको लागि पर्यटक स्तरिय सिधा बस सेवा संचालनको प्रयास भए पनि विभिन्न याताताय समितिहरुको सिण्डिकेटका कारण सेवा संचालन हुन सकेको थिएन। २०४० सालबाट जगदम्बा प्रतिष्ठान अन्र्तगत स्थापना भएको जगदम्बा ट्राभल्सले विगत केहि बर्ष अघि देखि पोखरा काठमाण्डौं दैनिक दुई दुई वटा तथा पोखरा सौराहा अत्याधुनिक सुविधा सम्पन्न सिधा बस सेवा संचालन गर्दै आएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*