May 12, 2021

अर्घाखाँची पोखरा सम्पर्क समाजले तिज गित प्रतियोगीता गर्ने

रोहीत वस्नेत ।
भाद्र ९ पोखरा : अर्घाखाँची स्थाई घर भई गण्डकी प्रदेशको राजधानी पोखरालाई कर्मथलोको रुपमा विभिन्न पेशा व्यवसाय र अध्यानको सिलशिलामा वसोवास गर्ने अर्घाखाँचीवासीहरुको समाज अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराले नारीहरुको कला र संस्कृतिको उचित संरक्षण र चिनारीको लागी २०७५ सालको हरीतालिका तिजको अवसर पारेर खुल्ला अन्तर समाज तिज गित प्रतियोगिता गर्न लागेको तिज गित प्रतियोगीता कार्यक्रमकी संयोजक शारदा श्रेष्ठले जानकारी दिइन ।

अन्तर समाज महासंघ राष्ट्रिय समिति पोखरा नेपालमा आवद्धता विभिन्न ४८ वटा जिल्लाहरुको आ—आफ्नो तिजिको कोशेली सहित खुसी बाड्न र आ—आफ्नो प्रदेश तथा जिल्लाको तिज गितको प्रस्तुति प्रतियोगीताम्मक रुपमा देखाउन कार्यक्रमको आयोजना गरेको अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष लिला जी सी ले बताए ।

प्रतियोगितामा टिम दर्ता २००० हजार रुपैया लाग्ने, भेषभुषाको व्यवस्था समुह आफैले गर्नुपर्ने, वाद्यवाधकको व्यवस्था आयोजकको हुने तथा कार्यक्रको सर्वाधिकार आयोजकमा निहित रहेनेछ भने प्रथम पुरस्कार नगद १५ हजार र प्रमाणपत्र, द्धित्तिय पुरस्कार नगद १० हजार र प्रमाणपत्र साथै तृतिय पुरस्कार नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिनुका साथै चर्चित कलाकारको बेजोड प्रस्तुती रहने सो प्रतियोगितामा उत्कृष्ट नृत्य तथा उत्कृष्ट भेषभुषालाई २ हजार पुरस्कार समेत रहेको उक्त कार्यकम भाद्र १५ गते कान्तिपुर पार्टी प्यालेस बुद्धचोकमा हुदैछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*