May 6, 2021

“टोलटोलमा प्रहरी” सचेतनामुलक प्रशिक्षण सम्पन्न

 भाद्र ६ पोखरा :

समाजका विकृती विसंगतीलाई न्यूनिकरण गर्ने र वृहत जनचेतना फैलाउदै नागरीकमैत्री प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले सञ्चालित “टोलटोलमा प्रहरी” अभियान अन्तर्गत वडा प्रहरी कार्यालय रामबजार कास्कीले यही भाद्र ०६ गते पोखराको चाउथेमा लागूऔषध दुर्व्यशन, ट्राफिक नियम तथा चोरी नियन्त्रण सम्बन्धी एकदिने प्रशिक्षण प्रदान गरेको छ ।

चाउथे स्थित विभिन्न आमा समूहहरु, युवा क्लवका प्रतिनिधिहरु, टोल सुधार समिति लगायत आम नागरिकहरुको सहभागिता रहेको उक्त प्रशिक्षणमा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले प्रहरीद्वारा प्रदान गरिने यस्ता सचेतनामुलक प्रशिक्षणहरुबाट आम नागरिकमा चेतनाको वृद्धि भई घटनाहरुमा कमि आउने कुरामा आफु विश्वस्त रहेको बताउदै समाजमा हुने जस्तोसुकै अपराधिक क्रियाकलाप बारे तत्कालै प्रहरीलाई खबर गरी सहयोग गरिदिनुहुन समेत आग्रह गरे ।

उक्त प्रशिक्षणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरीक्षक शिव पाठकले ट्राफिक नियम, लागूऔषध नियन्त्रण व्यूरो पोखराका प्रहरी नायव निरीक्षक विद्याधर त्रिपाठिले लागूऔषध दुर्व्यशन साथै वडा प्रहरी कार्यालय रामबजारका प्रहरी नायव निरीक्षक कर्ण बहादुर रानाले चोरी नियन्त्रण सम्बन्धी प्रशिक्षण प्रदान गरेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*