September 27, 2021

गण्डकी प्रदेश घटना र विचार : भाद्र १

भाद्र १ पोखरा

नवलपरासी :
नवलपरासी ९बर्दाघाट सुष्ता पूर्व० गैंडाकोट नगरपालिका वडा नं।९ स्थित जयश्री राईसमिल भवनको पछाडी बाग्लुङको जैमनी नगरपालिका ३ बस्ने वर्ष २०को खुम छन्त्याल थापा मृत अवस्था शवको नजिकै निजले प्रयोग गरेको ना २० प ७८५९ नं।को च्ज्ञछ मोटरसाईकल र लागूऔषध फेनरागन ३ पिस, टेल्गेसिस ३ पिस र डाईजोपाम ३ पिस समेत खोलेको अवस्थामा फेला परेको  प्रहरीले जनाएको छ।

पर्वत  :
जिल्ला पर्वत कुश्मा नगरपालिका ६ प्रगतिचोक नजिकको कुल बहादुर सुनारको सुन पसल बाट अन्दाजी १४५ तोला चादी र ४।३ तोला सुन गरि ३ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ।

गोरखा :
गोरखाको गण्डकी गाँउपालिका ३ फुजेल स्थित आमडाँडाबाट बेनिघाट तर्फ जाँदै गरेको ना ५ ख ५०२३ न।को बसले पैदल यात्री सोही स्थान बस्ने वर्ष ५२ की सिता श्रेष्ठलाई ठक्कर दिंदा घाईते प्रहरीले जनाएको छ ।

कास्की :
कास्कीको पोखरा महानगरपलिका ११ रानीपौवा स्थित भाष्कर मेमोरियल स्कुलको क्यान्टिनमा सिलिण्डर ग्यास अचानक लिग भई पड्की आगलागी हुँदा क्यान्टिन भित्र रहेको दैनिक उपभोग्य सामाग्री तथा क्यान्टिनको जस्ता जली क्षती भएको छ । आगलागिवाट अन्दाजी १ लाख बराबरको क्षती भएको छ । प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*