July 24, 2021

छात्राको सुरक्षाको लागी निःशुल्क तेक्बान्दो तालिम : लेकसाइड डोजाङ्ग

रोहीत वस्नेत
साउन ३१ पोखरा : हाम्रो समाजमा दिन प्रति दिन बढ्दै गएको वलात्कार तथा यौनजन्य अपराधहरु एउटा घटना समाधान हुन नपाउँदै अर्को घटना दोहोरीने गरेका हुन्छन् । विशेष गरी स्कुल पढ्ने छात्राहरुमा यस्ता घटनाहरु भैरहेका र यस्ता दुर्घटनाबाट बच्न र छात्राहरुलाइ वचाउने उद्देश्यले लेकसाइड डोजाङ्गले एक महिने निशुल्क तेक्वान्दो तालिम दिने लेकसाइड डोजाङ्गका प्रमुख तथा प्रशिक्षक प्रितम कुवँरले जानकारी दिए ।

समाजमा वालवालीकाहरुमाथि नराम्रा घटनाहरु जस्तै ः बलात्कार, अपहरण जस्ता दुखत क्रियाकलापहरु बढ्दै गइरहेका वेला बालिकाहरु सम्भाव्य दुर्घटनाबाट कसरी सुरक्षित हुने भन्ने आत्मबलको विकास र ज्ञानका लागी पनि यो निशुल्क तेकन्दो खेलले वालिकाहरु थोरै भए पनि सुरक्षित हुने भएका छन् ।

भाद्र १ गते देखि शुरु हुने उक्त निशुल्क तालिमका लागी विभिन्न विधालयहरु (तालवाराही मा.वि, वाराही मा.वि. तथा श्रीकृष्ण विधालयलाइ समेत यसवारेमा सुचना पठाएको उनले वताए ।  हाललाई ४० जना विधार्थी रहेको यस प्रशिक्षण केन्द्रमा १५ जना निशुल्क प्रशिक्षणका विधार्थी रहेका छन् जसमा पर्यटन व्यवसायी बसन्त गौतम र दिल प्रसाद गौतमले प्रत्येक महिनामा तिन, तिन सय रुपैया दिएर सहयोग गरेको कुरा पनि डोजाङ्ग प्रमुख कुबँरले वताए ।

नेपालका चौध अञ्चल ७५ जिल्लाका कुनै पनि क्षेत्रमा यस्तो निशुल्क तालिम नभएको भन्दै आज भन्दा एक दशक पहिला बाट प्रत्येक वर्ष १ महिना निशुल्क तालिम प्रदान गरीदै आएको विशेष गरी हाम्रो कार्यक्रम महीलालाइ अन्याय अत्याचार तथा महीला माथी हुने जस्तो सुकै दुर्घटनालाइ न्यून गर्नु हो कुँवर बताउछन् ।

दुइ दशक लामो समय देखि यस्तो साहासिक आत्मरक्षा खेल खेलाउदै आएका कुवँरले विभिन्न सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको पाइएको छ । उनको प्रशिक्षणबाट अगाडी गएका तेक्वान्दो खेलका विधार्थीहरु अन्तराष्ट्रिय खेलमा समेत भाग लिएका तथा खेलमा सफल भएका पनि छन् ।

आगामी भाद्र ९ गते शनिवार लौरुक कास्कीको एक विधालयका साना वावु नानीलाइ कपि कलम सहयोग गर्ने कार्यक्रम रहेको र जसलाइ रामु पंण्डीतले १० हजार, बत्ती प्रसाद गुरुङ्गले ७ हजार, पर्यटन व्यवसायी गोपी भट्टराइले ५ हजार तथा भेसमाया नेपालीले ५ हजार गरी वच्चाहरुको खाजा स्वरुप प्रदान गर्ने कुरा पनि कुवँर बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*