May 6, 2021

बुद्ध एयरले पोखरा नाइट स्टे गरी उडान भर्ने : स्टेसन म्यानेजर गौतम बराल

पोखरा, ३० साउन / बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ । पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने बुद्ध एयरका पोखरा — स्टेसन म्यानेजर गौतम बरालले बताए ।

काठमाडौमा जहाज पार्किङ, ट्राफिक व्यवस्थापन जस्ता समस्या भएकाले प्रत्येक एयरको १ वटा एयर काठमाडौं बाहिर राख्नु पर्ने नियम बनेको उनले जानकारी दिए । यस अघि बिहान ८ बजे भन्दा अघि उडान नहुने गरेकोमा ७ बजेको उडानबाट यात्रुलाई प्रत्यक्ष लाभ मिल्ने अपेक्षा राखेको उनले सुनाए ।

पोखराबाट काठमाडौंका लागि बुद्ध एयरको ७ उडान भर्ने गरेको उनले उनको भनाई छ ।  ‘पर्यटकीय मौसम सुरु भएपछि ११ देखि १२ वटा जहाजले उडान भर्छन,’ उनले भने । काठमाडौंबाट पोखराका लागि अपराह्न ३ः३० बजे ‘फोर्टि टु’ एयर पोखरामा नाइट स्टे उडान भर्ने उनले जनाए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*