May 16, 2021

सुकुम्बासीलाई नितिगत रुपमा कार्यान्वयन गर्दै बस्ती व्यबस्थित गर्ने : मन्त्री पद्मा अर्याल

पोखरा २५ साउन । नेपाल सरकारका भुमी व्यबस्था सहकारी एवम् गरिबी बिवारण मन्त्री पद्मा अर्यालले बिभिन्न ठाउँको अव्यबस्थित बस्तीहरुलाई यथाशिघ्र व्यबस्थित गर्ने बताउनुभएको छ ।

अनलाईन पत्रकार सँघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै सुकुम्बासी बस्तीलाई नितिगत रुपमा कार्यान्वयन गर्दै बस्ती व्यबस्थित गर्ने बताउनुभएको हो ।

सरकारको दिर्घकालिन लक्ष्य प्राप्ती र समृद्ध नेपालका लागी भुमी व्यबस्थापन, गरिबी निवारण, र सहकारी क्षेत्रबाट कुनै पनि कमी नरहने गरी अगाडी बढ्ने अर्यालले बताउनुभयो ।

भुमीसँग जोडिएका सुकुम्बासी बस्ती समस्याको समाधान गर्ने, सार्बजनिक जग्गाहरुको अधिग्रहण गर्ने तथा गुठीका जग्गालाई व्यबस्थित गर्ने र अव्यबस्थित बस्तीहरुलाई बन्दोबस्त मिलाउने कार्यमा सरकारको ध्यान आकर्षित भएको मन्त्री अर्यालले बताउनुभयो ।

अर्यालले बिगतका सरकारले गरेको भुमीसँग सम्बन्धित निती तथा कार्ययोजनाहरुको मुल्याङ्कन र अध्ययन गरेर थप परिस्कृत ढङ्गबाट सरकार लाग्ने उल्लेख गर्नुभयो ।

सुकुम्बासी बस्तीलाई व्यबस्थित गर्न प्रभावकारीता र यसको कार्यान्वयन पक्ष के हो, हामी यसको पनि समिक्षा गर्नेछौ ।” उहाले भन्नुभयो जमिन बढ्दैन तर जनसँख्या बढ्छ त्यसैलै ब्याबहारिक नितिको आवश्यक रहेको छ ।

उहाले भुमीसँग जोडिएका गरिबी तथा सुकुम्बासी बस्तीहरुको बन्दोबस्त गर्नका लागी बिशेष भुउपयोग निति सरकारले तैयार गरेर लाग्नेमा मन्त्री अर्यालले जोड दिनुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*