May 12, 2021

गण्डकी प्रदेशका घटना र विचार : २५ साउन

पोखरा २५, साउन

स्याङजाको वालिङमा बिषादी सेवनबाट मृत्यु
स्याङजाको वालिङ नगरपालिका १३ सिर्सिकोट बस्ने हरि प्रसाद न्यौपानेको छोरी वर्ष १८ की निमकला न्यौपानेले  किट्नासक औषधी सेवन गरेको भनि तत्काल उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र वालिङ ल्याएकोमा सोहि दिन राति डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तनहुँमा  लागूऔषध सहित २ जना पक्राउ
तनहुँको आबुखैरेनी गाउँपालिका ४ चेकपोष्ट स्थित पृथ्वी राजमार्गममा ईलाका प्रहरी कार्यालय आबुखैरेनि तनहुँबाट नियमित चेकीङमा खटिएको प्रहरी टोलीले भैरहवाबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख ५६५१ नं को बसमा सवार जिल्ला काभ्रे काभ्रेपलान्चोक १ घर भई हाल कास्की पृथ्बिचोक बस्ने वर्ष २७ को ईश्वर लामा र जिल्ला कस्की लुम्लेकाडे गाउँपालिका ३ बस्ने वर्ष २६ को अपर गुरुङको साथबाट फेनेरागन ५६ थान,डाईजापाम ५६ थान र नुर्फिन ५६ थान गरि जम्मा १ सय ६८ थान लागूऔषध सहित नियन्त्रणमा लिईको प्रहरीले जनाएको छ ।

कास्कीमा आगलागीबाट १ लाख नगदसहित २ लाख बराबरको क्षति
जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका(१३ माछापोखरी चोक स्थित ओम प्रसाद गुरुङको २ तले पक्की घरको माथील्लो तलाको पुजा कोठामा काठको दराज माथी दियो बत्ती बालि मर्निङ वाक गई फर्की हेर्दा सोही दियो बत्तीबाट आगोलागी हुँदा काठको दराजमा रहेको रु।१ लाख नगद, अन्य लत्ताकपडा र सरसामन गरी जम्मा अन्दाजी २ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको  छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*