September 26, 2021

च्याउ खाँदा एकै घरका ६ जना विरामी

साउन १३ पोखरा पोखरामा च्याउको तरकारी खाँदा एकै घरका ६ जना विरामी परेका छन् ।

बिरामी पर्नेहरुमा वगर वस्ने वर्ष ३४ को भुवन घर्तीमगर, उनकी श्रीमति मनकुमरारी घर्तिमगर, छोरी वर्ष १७ को रिभना घर्तीमगर, छोरा सन्दीप घर्तिमगर, वर्ष ७ को सुशीला घर्तीमगर र वर्ष ११ को सुदीप घर्तिमगर छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

शनिवार वेलुका पोखरा लेखनाथ महानगरपालिका वडा नं १ बगर स्थित शिक्षा कार्यालय नजिकै रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ बस्ने वर्ष ३५ का हरी बहादुर आचार्यको तरकारी पसलबाट च्याउ लिई उक्त च्याउ खाँदा एकै घरका ६ जना बिरामी भएका हुन् ।

उनीहरुलाई आईतवार ७ : ४५ बजे उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । प्रहरीले च्याउ बिक्रि गर्ने आचार्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको वताएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*