May 8, 2021

पोखराको शितल सन्देश लिएर चलिए पोखरा अभियान शुरु

रोहीत वस्नेत
असार २७ पोखरा : पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखराको जम्बो टोली पर्यटन प्रवद्र्धनको लागी बोर्डर टाउन सेल्स मिसनको अभियानमा भारत तर्फ लागेको छ । उक्त टोलीले यही असार २७ गते गतेबाट उत्तर भारतका केही शहरहरुमा चलिए पोखरा अभियान संचालन गरेर असार ३१ गते पोखरा  फर्कने छ ।

सन् २०१२ बाट सुरु भएको चलिए पोखरा बोर्डर टाउन सेल्स मिसन अभियानमा पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका अधिकारी र संचारकर्मी गरी ठुलो  समूहमा चलिए पोखरा अभियान लिएर भारत जान लागेको हो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा पटना, बनारस, लखनउ लगायतका बिभिन्न क्षेत्रमा अत्याधिक गर्मी हुने भएकाले भारतीय पर्यटकहरुलाई पोखरा घुम्नका लागि शितल सन्देश दिने भ्रमण टोलीको मुख्य उद्देश्य भएको पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरातराज पराजुलीले जानकारी दिए ।

पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त भएको गर्मीको समय शितल, स्वच्छ वातावरण लगायत हिमाली दृष्यावलोकनका लागि अति नै उपयुक्त छ भन्ने निमन्त्रणा दिन हामी भारत जान लागका हौ पर्यटन क्षेत्रलाई उकास्न यो अभियानले सघाउने विश्वास गरिएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पर्यटन समाचारलाइ बताए ।

भारतीय नागरकिहरु नेपाल प्रबेश गर्दा खुल्ला बोर्डर रहेको भिषा लगाउन नपर्ने आज प्रोग्राम वनाए भोली हिड्न सक्ने अति नै सजिलो भएका कारण पनि गर्मी छल्न छोटो समयको लागी पनि पोखरा घुम्न सक्ने भएकाले पनि चलिए पोखरा अभियानलाई निरन्तरता दिने अभियानमा व्यवसायी जुटेका हुन् तथ्यांक अनुसार नेपाल घुम्न आउने पर्यटकमध्ये करिव ४० प्रतिशत भारतीय छन् । भारतीय पर्यटक सामान्यतया प्रसिद्ध तीर्थस्तल मुक्तिनाथ पोखरा, चितवन मनकामना हुँदै पशुपतिनाथ दर्शन गरी फर्कने गर्दछन् । संघले भारतीय पर्यटकका लागी चलिए पोखरा अभियान जस्तै नेपाली पर्यटकका लागि पनि जाउँ है पोखरा अभियान गर्दै आएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*