May 16, 2021

नेपाल पर्यटन पत्रकार संघ गण्डकी द्धारा प्रदेश सल्लाहकार चयन

असार २५ पोखरा: नेपाल पर्यटन पत्रकार संघ गण्डकी प्रदेशको सोमबार बसेको पहिलो बैठकले सल्लाहकार समिति चयन गरेकोछ । प्रदेशको राजधानी पोखरामा प्रदेश अध्यक्ष हरि बास्तोलाको अध्यक्षतामा बसेको बैठकले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।

सल्लाहकारमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल,अकोरावका प्रदेश अध्यक्ष शान्ति गुरुङ, रासस प्रदेश प्रमुख बासुदेव पौडेल र फोनिज कास्कीका अध्यक्ष एमवी आस्थालाई चयन गरेको नेपाल पर्यटन पत्रकार संघ गण्डकी प्रदेशका महासचिव घनश्याम पाण्डेयले जानकारी दिनुभयो । यसैविच संघले ओझेलमा परेका पर्यटनको सम्भावना भएका ठाउँहरुको प्रवद्र्धनको लागि प्रचार प्रसार कार्यलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको पनि पाण्डेयले बताउनु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*