September 23, 2021

काठमाण्डौं केन्द्रित बिमानहरु प्रादेशिक बिकेन्द्रिकरण गर्ने तयारी :मन्त्री रविन्द्र अधिकारी

असार २२ पोखरा: संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पुर्वाधार र पोखराको भविष्य बिषयक शनिबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पोखराको भविष्यलाई सुनिस्चित बनाउन पर्यटनको विकासलाई जोड दिन सबै पर्यटन व्यावसायी लाई आग्रह पनि गरे । बिमानहरु रातिको समयमा बस्न पनि काठमाण्डौं केन्द्रित हुने गरेका बिमानहरुलाई अब देखि प्रदेशमै व्याबस्थापन गरी बिमानस्थलहरुको प्रादेशिक बिकेन्द्रिकरण गर्ने तयारी गरेको बताए। मन्त्री अधिकारीले गुणस्तरिय पर्यटक भित्राउनुका साथै उनीहरुको बसाई लम्बाउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

पुर्व पर्यटन सचिव किशोर थापाले गण्डकी प्रदेशमा पर्यटकिय पुर्वाधार र पोखराको भविष्य विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नयाँ पर्यटकीय गन्तव्य र पोडक्टको पहिचान र बिकास गर्नुपर्ने, चिन भारतमा पर्यटन प्रवर्धन गर्नुपर्ने, गुणस्तरिय होमस्टेहरु निमार्ण, पर्यटक क्षमताको पर्यटन पुर्वाधार निमार्ण गर्नुपर्ने लगायतका कुरामा जोड दिए ।

पर्यटनविद् जुद्ध गुरुङले नेपाल पर्यटनको कुल आयको ४ प्रतिशत स्रोत हो पर्यटन प्रवर्धनको शिलशिलामा व्यापारिक रणनितीक योजना बिना नेपालमा धेरै बिकासका योजनाले गति लिन नसकेको दाबी गरे ।
अन्तरक्रिया कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, रेबान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले , पर्यटन व्यवसायी गणेश भट्राइ, नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, पोखरा २१ का वडा अध्यक्ष खगराज आचार्य, गण्डकी प्रदेश पर्यटन मन्त्रालयका उपसचिव दिवाकर पौडेल लक्की कार्की आदीले आफ्ना प्रश्न राखेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*