July 24, 2021

पर्यटकीय क्षेत्रमा व्यवसायीक कार्यदक्षता झल्किने गरी प्रहरी सेवा प्रवाह गर्न निर्देशन : प्रदेश प्रहरी प्रमुख

प्रहरी गतिविधीहरु : 

असार  २१ पोखरा : निरीक्षण तथा अवलोकन भ्रमण सम्पन्न 
प्रदेश नं ४ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले संघिय ईकाई प्रहरी कार्यालय पोखरा,वडा प्रहरी कार्यालय वैदाम साथै अञ्चल शसस्त्र प्रहरी गुल्म पोखराको निरीक्षण तथा अवलोकन गर्नु भई कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नु भएको छ ।

 वडा प्रहरी कार्यालय बैदाम पुग्नु भएका प्रहरी प्रमुख बोहरालाई प्रहरीको एक टुकुडीले सम्मान सलामी अर्पण गरेको थियो । निरीक्षणका क्रममा उहांले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण गर्नुभई विभिन्न शाखा, प्रहरी कर्मचारीहरुको मेष, व्यारेक लगायतको निरीक्षण गर्नु भयो । उक्त निरीक्षणकै क्रममा उहाले संघिय प्रहरी ईकाई कार्यालय पोखरा र अञ्चल शसस्त्र प्रहरी गुल्म पोखराका विभिन्न शाखाहरु , मेष ,व्यारेक लगायतको समेत निरीक्षण गर्नु भएको छ । प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले पोखरा एवं यसको आसपासका क्षेत्रहरु पर्यटकीय क्षेत्र भएकाले व्यवसायीक कार्यदक्षता झल्किने गरी प्रहरी सेवा प्रवाह गर्न निर्देशन गर्दै यस क्षेत्रमा हुन सक्ने सम्भावित घटनाहरु प्रती पनी प्रहरी सधै चनाखो रहन आवश्यक रहेको बताउनु भएको छ ।

म्याग्दी :  पहिरोले क्षति
२१ गते राति जिल्ला म्याग्दी मालिका गाउपालिका वडा नं (६ दरबाङ स्थित नन्द प्रसाद निउरेको ब्लकको गाह्रो भएको १ तले टिनले छाएको कच्ची घरमाथीबाट पहिरो खसि घरको गाह्रो भत्काई घर भित्र रहेका लत्ताकपडा,अन्नपात पुरिएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गएको छ । उक्त पहिरोबाट १,००,०००। ( एक लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ।

कास्की : पहिरोले पुरिदा २ जना घाईते
२१ गते राति को समयमा  पोखरा  ५ आलुमाईला चोकबाट फिर्केपुल जाने बाटो स्थित सुर्य खड्काको बल्कले बनाएको घरमा अबिरल बर्षाको कारण अचानक पहिरो आई घर भत्कदा उक्त घरमा डेरा गरि बस्ने बर्ष १९ को सुरेश बिक र निजको श्रीमती वर्ष १८ की मन्जु बिक घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी पठाईएको  प्रहरीले जनाएको छ ।

कास्की :  फूथपातमाबाट पसल, सवारी साधनहरु र सडक बालबालिकालाई हटाईएको
२१ गते जिल्ला कास्की पोखरा  (६ बुलौंदीबाट सामुदायिक सेवा केन्द्र बैदामको आयोजनामा सामुदायिक प्रहरी , महानगरपालिकाको नगर प्रहरी , वडा प्रहरी कार्यालय बैदामको सहभागितामा बुलौंदी देखि खहरे सम्मको छेउछाउमामा फूथपातमा रहेका पसल, पार्किङ सवारी साधनहरु, सडक बालबालिकालाई हटाइएको छ ।

कास्की :  पहिरो खस्दा १ जना घाईते
२० गते जिल्ला कास्की पोखरा (१८ खपौदि बस्ने वर्ष ४३ को मंगल जलारीको १ तले टिनको छाना भएको ३ कोठाको कच्ची घरमा राति परेको अबिरल बर्षाको कारण घर पछाडिबाट पहिरो खस्दा निजको छोरी वर्ष ५ की अन्जली जलारी घाईते भई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल गण्डकी पठाईएको छ । पहिरोबाट निजको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*