May 15, 2021

नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ४ गठन : अध्यक्षमा हरी वास्तोला

पोखरा पर्यटन समाचार
पोखरा १६ असार : पर्यटन प्रवद्र्धनको लागि पर्यटन संचार क्षेत्रलाई प्राथमिकतामा राखी पत्रकारिता गर्दै आएका क्रियाशील पत्रकारहरुको भेलाले प्रदेश नं. ४ को पर्यटनका क्षेत्रमा कलम चलाउने उद्देश्यका साथ नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं. ४ को प्रथम अधिवेशनले हरी वास्तोलाको अध्यक्षतामा १५ सदस्यीय प्रदेश कार्यसमिति सर्वसहमतीले चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा गोविन्द सुवेदी, महिला उपाध्यक्षमा जमुना बर्षा शर्मा, महासचिवमा घनश्याम पाण्डे, सचिव विजय राना, महिला सचिव कमला राना र कोषाध्यक्षमा रोहीत वस्नेत चयन भएका छन् । यस्तै सदस्यहरुमा सन्तोष गौतम, राजन उपाध्याय ,सुशिल सुवेदी, रत्ना गुरुङ्ग र रोहीत राज पराजुली चयन भएका छन् ।

नेपाल पर्यटन पत्रकार संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले नेपाल पर्यटन पत्रकार संघको निति, नियमहरु माथि प्रकाश पारेका थिए, यस्तै नेपाल पत्रकार महासंघ प्रदेश नं. ४ का अध्यक्ष त्रिभुवन पौडेले पर्यटन विकासमा सञ्चार माध्ययमको तर्फबाट सहयोग गर्नका लागि प्रदेश ४ को तर्फबाट रचनात्मक भूमिका खेल्ने नेपाल पर्यटन पत्रकार संघलाइ जस्तो सुकै अवस्थामा पनि आफुले सहयोग गर्न तयार भएको र प्रदेश ४ का सवै पर्यटन पत्रकारलाइ समेटी अगाडी बढ्न आग्रह गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई वधाइ तथा कार्यकालको शुभकामना दिए भने नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगर ले नव निर्वाचित पर्यटन पत्रकारहरुलाई पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने गरी रचनात्मक कार्यक्रमहरु गर्न आग्रह गरे ।

नव निर्वाचित अध्यक्ष हरी वास्तोलाले प्रदेश नं. ४ का पर्यटकिय स्थलहरुको प्रचार–प्रसारमा विषेश रुपमा कलम चलाईने, कयौं पर्यटकिय क्षेत्रहरु ओझेलमा परेका छन् त्यस्ता क्षेत्रको विकासका लागि विषेश खोजमुलक कार्यक्रमहरु ल्याउने बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*