May 15, 2021

नक्कली प्रहरी पक्राउ परे

असार १४ पोखरा : कास्की जिल्लामा केही ब्यक्तिहरुलाई बिभिन्न कारण देखाई बिभिन्न किसिमबाट अपराध अनुसन्धान शाखाको ईन्सपेटर तथा मानव अधिकार विभागिय प्रमुख हौ भनि पैसा असुल्ने तथा दिन नमाने जे पनि गर्छौ भनि शरिर बन्दक समेत बनाएको गोप्य सुचनाको आधारमा सादा पोशाकमा प्रहरीले पोखराको पृथ्विचोक तथा नागढुगा बाट असार १३ गते पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ निलकण्ठ न पा बडा नं ४ बस्ने बर्ष ३३ को दिपक ठकुरी, जिल्ला पाल्पा तानसेन न पा १४ बस्ने बर्ष २६ को ताराप्रसाद पाण्डे,  खोटाङ ऐँसेलु गा पा बडा नं १ बस्ने बर्ष २३ को भोज कुमार खत्री, गुल्मि ठुलोलुम्से गा बि स बडा नं ६ बस्ने बर्ष २८ को बालकृष्ण गौतम, लाई असार १४ गते कास्की जिल्ला अदालत बाट शरीर बन्दक मुद्धामा म्याद थप अनुमति लिएर थप अनुसन्धान कार्य अगाडी बढेको प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङ जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*