May 8, 2021

ईलाका प्रहरी कार्यालय शिशुवाको प्रवेशद्धार एवं कम्पाउन्ड समुद्घाटन

असार १४ पोखरा :  ईलाका प्रहरी कार्यालय शिशुवाको प्रवेशद्धार एवं कम्पाउन्ड प्रदेश  न ४ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिह बोहराले समुद्घाटन गरे ।

जनताको सहयोग विना प्रहरीको एक्लो प्रयासले मात्रै समाजमा प्रभावकारी शान्ती सुरक्षा कायम गर्न नसकिने बताउँदै आज ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीको नव निर्मित मुख्य प्रवेशद्धार एवम कम्पाउन्ड समुदघाटन तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

 नेपाल प्रहरी संगठनले अंगिकार गरेका प्रहरी मेरो साथी, मुस्कान सहितको प्रहरी सेवा,टोलटोलमा प्रहरी जस्ता अवधारणाहरुको सार्थकताकालागी अब हरेक प्रहरी नागरीक सुरक्षाप्रती कटिवद्ध हुनुको विकल्प नरहेको कुरामा समेत उहाँले जोड दिनु भयो ।

आम सर्वसाधरसंग समन्वय गरी निर्माण गरीएको उक्त कार्यालयको मुख्य प्रवेशद्धार एवम कम्पाउन्डको रिवन काटि उदघाटन गरे पश्चात प्रहरी नायब महानिरीक्षक बोहराले कार्यालयको निरीक्षण अवलोकन गरी उपस्थित प्रहरी कर्मचारीहरुलाई समसामयीक विषयमा निर्देशन समेत गर्नु भयो ।

उक्त कार्यक्रमका अध्यक्ष एवम सामुदायीक प्रहरी सेवा केन्द्र लेखनाथका अध्यक्ष ज्ञानेन्द्र बजगाईले प्रमुख अथिति प्रहरी नायब माहनिरीक्षक बोहरालाई स्वागत गरी मायाको चिनो समेत प्रदान गर्दै त्यस क्षेत्रमा नेपाल प्रहरी जनतासंग हातेमालो गर्न सफल भएकै कारण समाज सुधारका थुप्रै कार्यहरु सम्पादन गरीएको सम्झना गर्दै आगामि दिनमा समेत यो क्रम जारी रहने कुरामा आफु विश्वस्त रहेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना र ईलाका प्रहरी कार्यालय शिशुबा कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले समाजका विकृती विसंगतीहरुको न्यूनिकरणका लागी प्रहरीले जनतासंग हातेमालो गर्दै नागरीकमा प्रहरीप्रतीको अपन्तवको भावनामा विकाश गरीरहेको बताउनु भएको छ ।

उक्त कार्यक्रममा विभिन्न गाउँपालिकाका प्रमुख , वडा अध्यक्ष , सामुदायीक सेवा केन्द्रका प्रमुख एवम प्रतिनिधि ,उघोग वाणिज्य संघका प्रमुख एवम प्रतिनिधि आमा समुह,पत्रकार लगायतको उपस्थितति रहेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*