September 26, 2021

धान खेतीयोग्य जमिनको संरक्षणको लागी असारे रोपाई महोत्सव

रोहीत वस्नेत
पोखरा १२ असार : पोखरा सवै मौसमका लागी भन्ने मूलनाराका साथ पोखरा पर्यटन परिषद्को आयोजनामा हुने १५ औ असारे रोपाई महोत्सव असार १५ गते पोखरा लेखनाथ महानगरपालिका —२४ पामेमा आयोजना गरीएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले आज पत्रकार सम्मेलमा जानकारी दिए ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेशा प्रति अभिप्रेरित गर्न तथा परम्परागत हाम्रो कृषि प्रणाली माफर्त पोखराको पर्यटन पवद्र्धन गर्ने मुल उद्देश्यका साथ विगत २०६१ साल तथा १४ बर्ष देखि पोखरा पर्यटन परिषदले निरन्तररुपमा पोखरामा असारे रोपाई महोत्सवको आयोजना गर्दै आइरहेको छ । मुख्य वालीको रुपमा परिचित धान खेती हाल केही समय यता संकटमा पर्दै आएको पोखरा तथा लेखनाथ लगायत देश भरीका विभिन्न धान खेतीयोग्य जमिन दिनानुदिन घडेरीका रुपमा प्रयोग हुने कार्य तिव्र गतिमा भैरहेको हुँदा पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्नलाइ पनि यो रोपाइ महोत्सवको आयोजना गरीएको र विगतका अनुभवको आधारमा रोपाई महोत्सबमा यस वर्ष २५ देखि ३० हजार जसमा ५०० सय जति विदेशी पर्यटकको सहभागीता रहने अनुमान गरीएको र यस पटक अशोक पालिखे र कृष्ण मोहन पराजुलीको करीव ४ रोपनी क्षेत्रफलको खेतमा खेतमा रोपाई महोत्सब गर्न लागेको कुरा संयोजक शर्माले बताए ।

महोत्सबमा साउने प्रतियोगिता हलगोरु दौड, विभिन्न आमा समुहविच असारे गीत तथा रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता नेपाली महिला पुरुष र विदेशी महिला पुरुषको लागि छुट्टा छुट्टै दौड प्रतियोगिता, नेपाली र विदेशीविच रस्सा कस्सी प्रतियोगिता, पत्रकारको हिले दौड लगायतका प्रतियोगितात्मक कार्यक्रम सहित कृषक सम्मान र विविध सास्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।

महोत्सब सम्पन्न गर्न करिव १९ लाख आठ हजार रुपैयाको वजेट अनुमानित गरिएको छ महत्सवमा प्रमाण पत्र पुरस्कार तथा ट्रफीको पनि व्यवस्था गरिएको छ प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ३, २ , १ हजार र पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । गीत प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ र सान्त्वना हुनेलाई एक हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ ।

पोखरा पर्यटन परिषद्, नेपाल पर्यटन बोर्ड, पोखरा लेखनाथ महानगरपालिका कास्की, कृषि विकास कार्यालय कास्की , पोखरा उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ सस्थाको संयुक्त पहलमा १५औँ असारे महोत्सवको आयोजना गरिने भएको छ ।

होटल वाराहीमा भएको पत्रकार सम्मेलन कार्यक्रमको समापन गर्दै महोत्सव सफल बनाउन पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माको संयोजनमा १९ सदस्यीय मुल आयोजक समिति तथा १८ वटा उपसमिति गठन समेत गरिएको तथा महोत्सव सचिवालय पर्यटन परिषदको कार्यालय नारेश्वरवोट लेकसाइडमा रहेको पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*