May 12, 2021

महँगा पर्यटक भित्र्याउने एयरपोर्टको रुपमा विकास पोखरा एयरपोर्ट : मन्त्री रविन्द्र अधिकारी

पोखरा, ११ असार : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले भौगोलिक कारणले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा साना विमान मात्र संचालन गर्न सकिने बताएका छन।

सोमबार पोखरामा प्रेस चौतारी प्रेस सेन्टरले सयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भारतसगँ भएका चार वटा हवाइ रुट पछि नेपाल अब अन्तराष्ट्रिय उठानमा ठुलो उपलब्धी हुने बताए भारतसँग हवाई मार्ग सम्झौताले नेपालको बाह् सम्पर्क विस्तारमा ठूलो ढोका खोलेको उनको दाबी

उनले हवाई मार्गबारे सहमतिमा काठमाडौंविराटनगर, काठमाडौंजनकपुर, काठमाडौंजनकपुरपटना महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि रुट पाएको बताए सहमति अनुसार १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा जहाज आउने उनले उल्लेख गरे मन्त्री अधिकारीले आउने सेप्टेम्बर सम्ममा नेपालको हवाई सेवा युरोपियन युनियनको कालो सूचीबाट हट्ने बताए

उनले हवाइ रुटमा पाएको सफलता पछि भ्रमण वर्ष सन् २०२० लाई सहयोग पुग्ने उल्लेख गरे मन्त्री अधिकारीले यो महिनाभित्र आफूले सम्पादन गर्ने पाँच वर्षे कार्ययोजना तयार पारी सार्वजनीक गर्ने बताए मन्त्री अधिकारीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई महँगा पर्यटक भित्र्याउने बुटिक एयरपोर्टका रुपम विकास गर्न सरकार लाग्ने बताए

भारत, चीन लगायतका छिमेकी देशबाट पोखरा विमानस्थलमा सय ८० सिट क्षमताको जहाज मात्र आउन सक्ने प्रष्ट पार्दै विमानस्थललाई प्रादेशिक हवाई यात्राको केन्द्र समेत बनाइने मन्त्री अधिकारीले बताए उनले नै गठन गरेको विज्ञ टोलीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडान भर्न अयोग्य भएको प्रतिवेदन सार्वजनिक गरेपछि पर्यटनमन्त्रीको आलोचना भएको थियो । पत्रकार सम्मेलन कार्यक्रम प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*