December 9, 2021

डा. उपेन्द्र देवकोटाको ६५ बर्षको उमेरमा निधन

काठमाडौँ, ४ असार /वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको सोमबार साझँ  निधन भएको छ । पित्त थैलीको क्यान्सरबाट गम्भीर बिरामी देवकोटाको सोमबार ५ बजेर ३५ मिनेटमा बाँसवारी स्थित न्यूरो अस्पतालमा निधन भएको अस्पतालले जानकारी दिएको छ ।

उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने भएको चिकित्सकले बताएका थिए। शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि देवकोटाकै इच्छा अनुसार नेपाल फर्काइएको थियो ।

केही दिन पहिला  सामाजिक संजालमा  देवकोटाको निधन भएको भनी गलत समाचार भाइरल भएको अर्को दिन २ वटा हेलिकप्टर लिएर जन्म ठाउँ गोर्खा पुगेर आफ्नो  धाराको पानी खाएर फर्केका देवककोट  बिर अस्पतालमा २० बर्ष सेवा गरि उनले बाँसबारी स्थित न्युरो अस्पताल खोलेका हुन   बिदेशका दर्जनौं देशहरुमा समेत पुगेर सेवा पुर्‍याउने देवककोटको निधनले देश शोकमा परेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*