July 24, 2021

प्रदेश ४ को सरकारको बजेट पर्यटन तर्फ यसरी बाँडफाँट

पोखरा पर्यटन समाचार

पोखरा १ असार,। प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । सरकारले आउँदो आर्थिक वर्षका लागि २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
६ अर्ब ९१ करोड ७५ लाख चालु खर्च र १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ पुँजीगत र अन्तर सरकारी हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजनसहति प्रदेश सरकारले ल्याएको हो ।
६६ प्रतिशत पुँजीगत, २९ प्रतिशत चालु र वित्तीय व्यवस्थातर्फ ५ प्रतिशत हुने गरी बजेटको बाँडफाँट गरिएको छ ।
बजेटमा पर्यटन तर्फ यसरी बाँडफाँट गरिएको छ  ।

(क)  प्रदेशभित्र रहेका ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गरिनेछ। पर्यटन पूर्वाधारको विकास र विस्तार गरी पर्यटन सेवामा सुधार गरिनेछ। पर्यटन क्षेत्रको एकीकृत विकास गर्न स्पष्ट कार्ययोजना र लागत सहितको पर्यटन गुरूयोजना तयार गर्न रू। एक करोड बजेट छुट्याएको छ।

(ख)  ग्रामीण पर्यटन प्रवर्द्धन गर्नका लागि तीनसय गाउँलाई नमूना पर्यटकीय गाउँका रूपमा विकास गर्न होमस्टे पर्यटन पुर्वाधार विकास कार्यक्रमका लागि रू। ३० करोड बजेट विनियोजन गर्ने व्यवस्था मिलाएको छ।

(ग) प्रदेश भित्रका महत्वपूर्ण पर्यटकीय स्थल, पर्यटन केन्द्र, पदमार्ग, होटल लगायतका महत्वपूर्ण सेवा, सुविधा र सूचनाको प्रवाह गर्नका लागि पर्यटन सूचना केन्द्रको स्थापना गरिनेछ। साथै नयाँ पदमार्गको निर्माण, मर्मत सुधार, सौन्दर्यकरण र सूचना केन्द्र समेतका लागि रू। ६ करोड बजेट विनियोजन गरेको छ।

(घ) पोखरा(लेखनाथ महानगरपालिकासँगको सहकार्यमा फेवातालको आकार वृद्धि र एकीकृत संरक्षण सहितको पूर्वाधार विकास गरिनेछ। निजी क्षेत्रसँग सहकार्यमा फेवाताललाई सौन्दर्यकरण र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मल्टिमिडिया म्युजिकल फाउन्टेन, ड्यामसाइडदेखि शान्ति स्तूपासम्म क्यानोपी वाक र वाटरलेभलमा ग्लासब्रिज निर्माणको विस्तृत आयोजना प्रतिवेदन तयार गरिनेछ। यसका लागि रू। ८ करोड बजेट प्रस्ताव गरेकोछु। यसको निर्माण कार्य सम्पन्न भएपछि यो ताल एसियाको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास हुने विश्वास लिएको छ।

(ङ) पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट पटक पटक मात्र होइन धेरै पटक पर्यटक यस प्रदेशमा आउने वातावरणको सृजना गरिनेछ। गुणस्तरीय सेवा र नयाँ पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाई अवधिमा वृद्धि गरिनेछ। निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिको रूपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गरिनेछ।
(च)  पर्यटन प्रवर्द्धन गर्न सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष र सन् २०२२ लाई प्रदेश पर्यटन वर्ष तयारीका लागि बजेट व्यवस्था मिलाएकोछ।

(छ) पर्यटकीय गन्तव्य विकास गर्न प्रदेशको राजधानी र जिल्लासँगको हवाई सम्पर्कलाई पुनस् स्थापना एवं विस्तार गर्न प्रदेशभित्रका पालुङटार(गोरखा, हुम्डे(मनाङ र ढोरपाटन(बाग्लुङ विमानस्थल पुनः सञ्चालनमा ल्याउन नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गरिनेछ।

(ज) साहसिक खेलपर्यटनको विकास र विस्तार गर्न अल्ट्रालाइट, प्याराग्लाइडिङ्ग, बञ्जि जम्प, क्यानोनिङ, रक क्लाईम्बिङ, कायाकिङ, स्काइ डाइभिङ, हिउँ स्केटिङ र स्की जस्ता खेलपर्यटनको प्रवर्द्धन गरिनेछ।

(झ) नयाँ आकर्षक पर्यटकीय गन्तव्य विकास गर्नका लागि स्थानीय तह र निजीक्षेत्रसँग साझेदारी गरिनेछ। निजी क्षेत्रसँग सहकार्यमा प्रदेशका विभिन्न स्थानमा केबलकार सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।

(ञ) संघ र स्थानीय तहसँगको सहकार्यमा प्रदेशमा रहेका ताल, कुण्ड र पोखरीको संरक्षणका लागि ताल संरक्षण विकास प्राधिकरण गठन गरी कार्यान्वयन गरिनेछ। फेवाताल(बेगनासताल(रूपाताल कनेक्टिभिटीका लागि स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने कार्यक्रमलाई निरन्तरता दिएकोछ।

(ट) अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र तथा विभिन्न प्राकृतिक, ऐतिहासिक, धार्मिक, साँस्कृतिक क्षेत्र तथा ग्रामीण पर्यटन केन्द्र, होमस्टे, पदयात्रामार्गलाई नियमन र व्यवस्थित गर्न नीति तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएकोछ।

(ठ) मनाङ र लोमान्थाङ ९उपल्लो मुस्ताङ० क्षेत्रलाई पर्यटकीय गन्तव्यकारूपमा विकास र प्रवर्द्धन गर्न गुरूयोजना तयारीका लागि बजेटको व्यवस्था मिलाएकोछु।
(ड) पर्यटन उद्योगलाई आधुनिक र सुविधासम्पन्न बनाउन पर्यटन सेवा सुविधा सम्बन्धी मापदण्ड तयार गरिनेछ। महत्त्वपूर्ण पर्यटकीय गन्तव्य स्थलमा आधुनिक र सुविधासम्पन्न होटल स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएकोछ।

(ढ) स्वर्गद्वारी मेलेरूपा गुफा, कवचेताल, कोरि(ठुलेक, पञ्चासे लेक, छिम्केश्वरी र देवचुली(वरचुली महाभारत श्रृङ्खलालाई पर्यटकीय क्षेत्रकारूपमा विकास गरी प्रवर्द्धन गर्न गुरूयोजना निर्माणका लागि व्यवस्था मिलाएकोछ।

(ण) पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण उच्च हिमाली क्षेत्रमा पर्यटन सूचना केन्द्र, स्वास्थ्य परीक्षण स्थल र उद्धार केन्द्र स्थापना गरी सुरक्षित गन्तव्यका रूपमा विकास गर्न रू। १ करोड बजेट विनियोजन गरेकोछ।

(त) प्रदेशका प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङ, मनाङ र चुम(नुम्ब्रीलाई अन्तर्राष्ट्रियस्तरको फिल्म सुटिङ्ग स्थलकोरूपमा विकास गर्न रू। १ करोड ५० लाख बजेट विनियोजन गरेकोछ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*