May 15, 2021

लेकसाइडको नो भेइकल जोन ८४ दिनबाट हरायो

रोहीत वस्नेत

पोखरा २६ जेष्ठ ः विश्वमै पर्यटकीय नगरीका रुपमा ख्याति कमाएको पोखराको लेकसाइडमा शुक्रबार र शनिबार संचालन हुदै आएको सवारी साधन निषेधित  नो भेहिकल जोन  बाराहीचोकदेखि हल्लनचोकसम्मको क्षेत्र अव (भेहिकल जोन) भएको छ । अर्थात नो भेहिकल जोन हटाईएको छ ।

चैत्र २ गते शुक्रबार वाजागाजाका साथ महानगर प्रमुख मान बहादुर जि.सी. प्रदेश नं ४ का सभासद राजीव पहारी, कास्की प्रहरी प्रमुख अशोक शिंह तथा वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम को सयुक्त पहलमा भएको सर्वदलीय भेलाबाट प्रत्येक शुक्रबार र शनिबार अपराहृन ५ बजेदेखि राति ११ बजेसम्म उक्त ठाउँमा सवारी आवागमन बन्द भएको थियो तर त्यो फेरी पनि टिक्न सकेन । लेकसाइडका जनप्रतिनिधिहरुले गर्वका साथ भनेका थिए आज भन्दा पाँच बर्ष पहिला पनि लेकसाईडका केही क्षेत्रहरु नो भेहिकल जोन भएका थिए तर त्यो टिक्न सकेन यसपालि जसरी पनि कार्यान्वयनमा ल्याउँछौं ………………….खै त ?  आज करीव ८४ दिनमा फेरी नो भेइकल जोन असफल भयो ।

पर्यटन प्रवर्द्धनका लागी चिप्ला कुराले मात्र सम्भव नहुने सहमती, सहकार्य र एकता भन्ने शब्दलाई वेवास्था गरी स्थानियहरुसंगको समन्वय र गृहकार्य विना हचुवाको भरमा ल्याएको उक्त कार्यक्रमले विशेष गरी मिरा गल्लीको निकासमा समस्या भएको व्यापार वढ्ला भन्दा झन घाटा सहन परेको मिरा गल्लीका पर्यटन व्यवसायीले गुनासो पोखे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*