September 23, 2021

नाट्टा पोखराको जम्बो टोली थाईल्याण्ड, भियतनाम र कम्बोडिया तर्फ

रोहीत वस्नेत ।
पोखरा २३ जेष्ठ नाट्टा क्षेत्रिय संघ पोखराको जम्बो टोली सप्ताहब्यापी पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमहरु लिएर थाईल्याण्ड, भियतनाम र कम्बोडिया तर्फ आज प्रस्तान गरेको छ ।

नाटा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखरा र नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा आयोजना गरिएको  भ्रमणमा पर्यटन व्यवसायीका अतिरिक्त नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सुर्य थपलीया, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली, सञ्चारकर्मी सन्तोष पोखरेल नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघका पदाधिकारी तथा सदस्यहरु लगायत १८ जना सहभागी थिए ।

जेष्ठ २३ गते पोखरा बाट शुरु गरीएको उक्त भ्रमण असार २ गते सकिने छ । नेपाल पर्यटन वोर्ड पोखराको सभाहलमा विदाइ गर्दै अग्रज पर्यटन व्यवसायी बासुदेव त्रिपाठीले सहभागीहरुलाई खादा र माला लगाई विदा गरका थिए । विदाइ कार्यक्रममा पोखरा नाटाका जन्मदाता कृष्ण प्रसाद वास्तोला, पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्मा, रेवानका हरी भुजेल, पर्यटन यातायातका वबोरजंग गुरुङ्ग, पर्यटन व्यवसायी टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड पोखराका प्रदिप गैरे लगाएतको उपस्थिती थियो ।

कार्यक्रम संयोजक झवी अधिकारीले भ्रमणको वारेमा जानकारी दिएका थिए । नाटा पोखराका निवर्तमान अध्यक्ष दिल गौतम, कार्यवाहक अध्यक्ष संन्जय कान्त सिग्देल लगाएतले भ्रमणको बारेमा वोलेका थिए भने नाटाका क्षेत्रिय संघ पोखराका महासचिव हरीराम अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*