September 26, 2021

टानद्धारा फेवाताल किनार सरसफाइ

पोखरा २२ जेष्ठ ः ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमान्चल च्याप्टर पोखराले विश्व बातावरण दिवसको अवसरमा प्लास्टिक प्रदूषण निर्मुल पारौं, सके प्रयोग गरौं, नसके बहिष्कार गरौं भन्ने नाराका साथ फेवातालको किनारमा सरसफाई गरेको छ ।

जेठ १३ गतेदेखि ५ हप्ते ट्रेकिङ गाइड तालिमका सहभागी टिमलाई विभिन्न समुहमा विभाजन गरी फेवातालको किनार सरसफाई कार्यक्रम संचालन गरेको हो । सरसफाई गर्दा आफ्नो सुरक्षा कसरी गर्न सकिन्छ, बातावरणलाई कसरी सफा राख्न सकिन्छ भन्ने संद्धान्तिक तथा प्रयोगत्मक शिक्षा सहितको कार्यक्रम संचालन गरेको छ ।

उक्तसरसफाइ कार्यक्रमा पर्यटन व्यावसायी टिकाराम सापकोटा, वडा नं. ६ का वडा अध्यक्ष जगत ब. पहारी तथा टान पोखराका अध्यक्ष दिपकराज अधिकारी ले बोलेका थिए भने टान पश्चिमाञ्चलका सचिव सुशील पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*