May 16, 2021

अर्घाखाँची सम्पर्क समाजपोखरामा लिल बहादुर जि.सी.

रोहीत वस्नेत
पोखरा जेष्ठ १९ ः अर्घाखाँची स्थाई घर भई पोखरालाई कर्मथलो बनाएका अर्घाखाँचीवासीहरुको समाज अर्घाखाँची पोखरा सम्पर्क समाज पोखराको बाह्रौ बार्षिक साधारण सभा र छैटौं अबिवेशनले लिल बहादुर जि.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सम्पर्क समाजको अधिवेशनले प्रथम उपाध्यक्ष चेत नारायण पाण्डे, द्धितीय उपाध्यक्षमा दधिराम खनाल,तृतीय उपाध्यक्षमा शारदा क्षेष्ठ, महासिचवमा रामप्रसाद पौडेल, सचिवमा बाबुलाल पाण्डे, कोषाध्यक्षमा होमलाल पाण्डे तथा सहकोषाध्यक्षमा नरेन्द्र आचार्य चयन भएका छन् ।

सम्पर्क समाजमा झविन्द्रलाल अधिकारी, नवराज पाण्डे, शोभाखर पाण्डे, मोहन पाण्डे, गोमा आचार्य, शंकर सुनार , सीता सुनार , कृष्ण रानाभाट, गणेश बन्जाडे चयन भएका छन् ।

अधिवेशनलाई अर्घाखाँची समाज पोखरालाई सधै माया गर्ने पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझीले कार्यक्रमको उद्घाटन गरेका थिए । अधिवेशनमा प्रदेश शभामा ५ सांसद, अर्घाखाँचीका नगरपालिका र गाउँपालिकाका ३,३ जना मेयर, उपमेयर समेत सहभागी भएका थिए कार्यक्रम समाजका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतमा भएको थियो । सम्पर्क समाजले फेवा टेलीभिजनका पत्रकार प्रलादचन्द्र घिमिरेलाई सम्मान गरेको थियो ।

नव निर्वाचित अध्यक्ष तथा साधारण सदस्यहरु सँग भएको कुराकानीको केही अंश यस्तो थियो ।
नयाँ निर्वाचित अध्यक्ष लिल बहादुर जि.सी.लाई समाजमा यहाँको कस्तो खालको भूमिका रहनेछ भन्ने जिज्ञशामा आफ्नो कार्यकालमा समाजमा पहिलाका अध्यक्षहरुको भन्दा आफ्ना छुटै खालकाको भूमिका रहने छ जसमा नम्बर (१) अर्घाखाँची सम्पर्क समाजको आफ्नो भवन नभएकोले मेरो पहिलो भूमिका आफ्नै भवन निमार्ण गरी आफ्नै भवनमा कार्यक्रम संचालन गर्ने । नम्बर (२) पोखरामा रहेका सम्पुर्ण अर्घाखाँचीबासीलाई सम्पर्क समाजमा ल्याउने । नम्बर (३) पोखरा बसेर भए पनि आफ्नो अर्घाखाँचीलाई सधै विकासको बाटोमा अगाडी बढाउन मद्दत गर्ने कुरा व्यत्त गरे ।

समाजका केही साधारण सदस्यहरुले लिल बहादुर जि.सी. अध्यक्ष भएकोमा हामी धेरै खुसि भएका छौं आज भन्दा पहिलाका प्रमुख व्यत्तित्वहरुले साधारण सदस्यलाई वास्ता नगरीएको देखे पनि नदेखेजस्तो, चिने पनि नचिने जस्तो, एउटा पदको लागी मात्र काम गरे जस्तो देखिएको र अव समाजमा केही परिर्वतन आउन सक्ने कुरामा विश्वास भएका छौं नाम वताउन सक्दीन म साधारण सदस्य हुँम भने ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*