May 8, 2021

सिद्धबाबामा सुरुङमार्ग बन्ने, ७ वटा सुरुङमार्ग निर्माण गर्ने

काठमाडौं १५ जेठ । अत्याधिक जोखिमयुक्त सडक मार्गको रुपमा चिनिएको सिद्धार्थ राजमार्गको सिद्धबाबामा अब सुरुङमार्ग बन्ने भएको छ । चट्टान खसेर बाटो अबरुद्ध भैरहने र अत्याधिक दुर्घटना हुने स्थान सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने गरी सरकारले नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ ।

सरकारले मंगलवार सार्वजनिक गरेको नयाँ आर्थिक बर्षको बजेटमा सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङ निर्माण गर्ने उल्लेख छ । त्यस्तै अन्य ६ स्थानमा पनि सुरुङमार्ग निर्माण गर्ने घोषणा सरकारले गरेको छ ।

अब नागढुंगा-नौबिसे सुरुङमार्गको निर्माण आगामी वर्षबाट सुरु हुनेछ भने टोखा-छहेर-गुर्ज भञ्ज्याङ खण्डमा अर्को सुरुङ मार्ग बन्नेछ ।

त्यस्तै बिपी रामजमार्गको खुर्कोट-चियाबारी खण्ड, बिपीनगर-खुटिया-दिपायल सडक खण्ड , गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा र कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाइने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*