December 9, 2021

मुक्तिनाथमा भारतीय धार्मिक पर्यटकको संख्यामा वृद्धि

पोखरा,   प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनपछि मुक्तिनाथमा भारतीय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको वताएका छन् ।

टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराद्धारा आयोजित एक महिने ट्रेकिङ गाईड तालिमको शुभारम्भ गर्दै मन्त्री लम्सालले भने—भारतीयहरुले मुत्तिःनाथ मन्दिरलाई आफ्ना कुलदेवताका रुपमा मान्ने गर्छन र अधिकाशं भारतीयमा मुत्तिःनाथ जानै पर्छ भन्ने धारण छ तर हामी नेपालीले आफ्नै देशमा रहेको मुत्तिनाथ मन्दिरको प्रचार गर्न सकेका छैनौ ।

लाखौ संख्यामा भारतीय धार्मिक पर्यटक वढाउन सक्यौ भनेपनि प्रदेश नं ४ को पर्यटनले फड्कोमार्छ, उनले भने —मुत्तिनाथ सजिलै जानका लागि मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेडी सम्म सडक निर्माण कार्यलाई पनि प्रदेश सरकारले तिव्रता दिएको वताए ।

प्रदेश नं ४ ले पहिलो प्राथामिकता पर्यटन क्षेत्रलाई नै राखेको छ , हामीले छिट्टै पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरी पोखरालाई पर्यटन केन्द्रको रुपमा विकास गर्न लागेका छौ, उनले भने— प्रदेश नं ४ को वजेट पर्यटन केन्द्रित हुने जानकारी उनले दिए ।

पोखरा अन्तराष्ट्रिय क्षेत्रीय विमानस्थल सम्पन्नसँगै सन् २०२२ मा नेपालमा २५ लाख पर्यटन भित्र्याउने सरकारको योजना सफल पार्न पर्यटन व्यवसायिको महत्वपूर्ण भूमिका रहने जानकारी मन्त्री लम्सालले दिए । नेपाल आउने पर्यटक मध्ये अधिकाशं पर्वतीय पदमार्गका लागि आउने गरेका छन््, मन्त्री लम्सालले भने—गाउँगाउँमा सडक पुग्दा पदमार्ग मिटिनुको साथै पर्यटकको वसाई समेत छोटिन पुगेको छ ।

पर्यटकको संख्या वढाउन र उनीहरुलाई आकर्षित गर्न मुख्य हात ट्रेकिङ गाइडकै भएकाले कामको सिलशिलामा पर्यटकलाई राम्रो व्यवहार गर्न समेत उनले ट्रेकिङ गाइडहरुलाई आग्रह गरे । एक महिने ट्रेकिङ गाईड तालिममा पोखरा तथा आसपासका जिल्लामा तीन सय ४७ जना सहभागी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*