September 23, 2021

कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी सक्रियतालाई वढाएको छ । शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने र गैरकानुनी गतिविधिहरु नियन्त्रणमा कठोर वन्ने वताएका प्रहरी उपरीक्षक ओमवहादुर राना एक्सनमा उत्रिएका छन् । प्रहरीको स्विप अप्रेशनको क्रममा शनिवार एकदिनमै विभिन्न घटनामा संलग्न ९१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।हालै जिप्रका कास्कीले सार्वजनिक गरेको १२ बुँदे कार्ययोजना अन्तरगत हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) को क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले पोखरालेखनाथ महानगरपालिका बडा न ७ शान्तिनगर स्थित विसाल गेष्ठ हाउसबाट अबैध यौन धन्दा गर्ने ५ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ । त्यस्तै मिटरमा जान नमान्ने ट्याक्सी ७ वटा र वाईक मोडिफाई गर्ने ७ जना पनि प्रहरी नियन्त्रमा छन् ।

त्यस्तै प्रहरीले ठूलो मात्रामा लागू औषध सहित १० जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण महाअभियान अन्तर्गत पोखरा भित्रिने विभिन्न नाकाहरुमा प्रहरीले गरेको चेकजाँचको क्रममा उनीहरु पक्राउ परेको प्रहरीको भनाई छ । उनीहरुको साथवाट चरेश ६.२५ के.जि. , डाईजापाम ५०४ थान, फेनेरागन ५०४ थान ,नर्फिन ५०४ थान ,नाईट्रोसन ११८ चक्कि फेला परेको प्रहरी उपरीक्षक रानाले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका बडा नं १८ बस्ने बर्ष २१ को ईश्वर परियार, मकबानपुर पालुङ न.पा.२ बस्ने बर्ष ६८ को कर्ण बहादुर गोले, पोखरालेखनाथ महानगरपालिका बडा नं ६ बस्ने बर्ष ४० को लक्ष्य परियार, सर्लाही नवलपुर ७ बस्ने बर्ष ३२ को निरज कार्की, जिल्ला धादिङ निलकण्ठ नगरपालिका बडा १३ बस्ने वर्ष ३७ को सुमन भन्ने कर्ण बहादुर गुरुङ, पोखरालेखनाथ महानगरपालिका बडा नं ५ बस्ने बर्ष ३० को दिपेश थापा, पोखरालेखनाथ महानगरपालिका बडा नं भुजुङखोला बस्ने बर्ष २४ को अरविन वास्तोला ,पो.ले.म.न.पा.-१८ बस्ने राजेश बि.क., बडा नं २५ हेम्जा बस्ने बरष २९ को सन्जिव पुर्जा मगर र नुवाकोट तार्केस्बर गा.पा.३ घर भई हाल का.म.पा.माछापोखरी बस्ने बर्ष ४० को जुठे भन्ने बिष्णु परियार छन् । त्यस्तै प्रहरीले अदालतबाट कैद तथा जरिवाना ठेकिएका तर हालसम्म फरार रहेका पोखरालेखनाथ महानगरपालिका बडा नं २७ बस्ने बर्ष २४ को अनिल सुनार र बर्ष २४ को सन्दिप सुनारलाई पनि नियन्त्रणमा लिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*