August 5, 2021

आर्थिक समृद्धी र विकासका लागी महिला सशक्तीकरण

रोहीत वस्नेत
पोखरा, ५ जेठ “आर्थिक विकासका लागी पर्यटन व्यवसायमा महिला” भन्ने मुल नाराका साथ महिला पर्यटन व्यवसायी मञ्चको आयोजनामा महिलाको आर्थिक सशक्तीकरणमा स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार लेकसाइड स्थित होटल डेण्डीलायानमा मञ्चकी अध्यक्ष जमुना पराजुलीको अध्यक्षता सम्पन्न भएको छ ।

प्रमुख आतिथि तथा प्रदेश नं. ४ का उपसभामुख सृजना शर्माले महिला सशक्तीकरणको लागि  (अबको एजेन्डा आर्थिक समृद्धी र विकास हो) आर्थिक, सामाजिक विकास र सम्वृद्धिका लागि यस पर्यटन व्यवसायलाई राम्रो सँग संचालन गर्नुपर्नेमा उनको भनाइ थियो । 

पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला सशक्तीकरणका लागि स्थानिय सरकारले जस्तो सुकै सहयोग गर्न पनि तयार भएको बताईन् ।

महिला पर्यटन व्यवसायी मञ्चका सल्लाहकार देवका पहारीले महिलाको आर्थिक सशक्तीकरणमा स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमको वारेमा प्रकाश पारीन ।

पोखरालेखनाथ महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत पहारीले वडामा हुने कार्यक्रम सफल बनाउन महिलाको ठुलो भुमिका रहेको महिलाहरुको कार्यक्रलाई यस वडा ले सधै सहयोग गर्ने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का सचिव नवराज अधिकारी, वडा महिला समन्वय समितिका संयोजक विष्णु के सी, पोखरा नागरिक मञ्चका संयोजक विष्णुहरी अधिकारीले बोलेका थिए ।

संस्थाका अध्यक्ष जमुना पराजुलीले कार्यक्रममा स्वागत गर्दै  “आर्थिक विकासका लागी पर्यटन व्यवसायमा महिला” भन्ने उद्देश्यका साथ २०७४ श्रावण २९ गते पर्यटन व्यवसायमा संलग्न महिला दिदीवहिनीहरुको वृहत भेलावाट स्थापित भई गठन महिला पर्यटन व्यवसायी मञ्चद्धारा विभिन्न समयमा महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्दै आइरहेको जानकारी दिर्दै यस कार्यक्रममा प्रदेश सरकार, महानगरपालिका एवं वडामा महिलाहरुको आर्थिक सशक्तिकरणको लागी कस्तो खालको निति नियमहरु पारित भएका छन् ? थप के कस्ता निति नियम बन्दै छन् ? महिलाहरुद्धारा संचालन गरीने व्यवसायमा राज्यले दिने सुविधा के के छन् ? यस्ता कुराहरुमा  र पर्यटन महिलाहरुका लागी आफु जस्तो सुकै कठोर अवस्थामा पनि डटेर अगाडी वढ्ने बताईन् ।  अन्तरत्रिया कार्यक्रममा पर्यटन व्यवसाय सँग आवद्ध करिव ७० जना  महिलाहरु सहभागी थिए ।

महिला पर्यटन व्यवसायी मञ्चका उपाध्यक्ष पार्वती पाण्डेले कार्यक्रम संचालन गरेकी थिईन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*