May 15, 2021

कास्की प्रहरीका नयाँ कार्ययोजना

रोहीत वस्नेत
पोखरा २ जेठ ः जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबारबाट प्रहरी प्रमुखको कार्यभार सम्हाल्न आएका एसपी ओमबहादुर रानाले बुधबार पोखरामा पत्रकारहरुसँग परिचय, भेटघाट कार्यक्रममा आफ्ना १२ कार्ययोजना प्रस्तुत गरेका छन् ।

पर्यटकीय नगरी पोखरामा गुण्डागर्दी नियन्त्रण, सामाजिक अपराधका घटना, अवैध लागूऔषध र चोरी निकासी अपराध ,यौन व्यवसाय, जुवातास, महिला हिसां तथा ट्रार्फिक व्यवस्थापन लाई कसैले खलवल पार्न खोजेमा कडा भन्दा कडा कारवाही गरीने बताएका छन् ।

पोखरामा प्रहरी सेवालाई जनमैत्री तथा थप प्रभावकारी बनाउन कहील्यै पछि नपर्ने उनले जोड दिए । सामाजिक क्षेत्रमा सबै प्रकारका गुनासाहरू प्रहरीलाई जानकारी हुने वातावरण मिल्यो भने प्रहरी २४ घण्टा तयारी अवस्था भएकाले १०० तथा १०३ मा खवर गरी प्रहरीलाई सहयोग गर्न सवै पोख्रेली जनसमुदाय सँग अपिल गरे । कास्की प्रहरीले चाँडै एउटा कन्ट्रोल रुम वनाउने छ जसले गर्दा अपराधीलाई चाँडो प्रकाउ गर्न सजिलो हुनेछ तेस्तै प्रहरी एप्स पनि चाँडै खोलिने एसपी रानाले भने ।

त्यसै गरि सोही अवसरमा एसपी रानाले मंगलबार ३६ वटा ट्याक्सी मिटरमा चल्न नमानेकालाई नियन्त्रण गरी सार्वजनीक गरे भने चोरी र लागुऔषधमा संलगन चारजनालाई पनि प्रहरीले सार्वजनीक गरेको हो ।

पोखरामा मिटर ट्याक्सी, लेकसाइडमा नो भइकल जोन लाई सधै प्रहरीले को साथ रहेको  र पूर्व प्रहरी प्रहरी प्रमुख अशोक शिंहले गरेका कामहरुलाई सधै प्राथमिकता दिने एसपी रानाले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*